बिपी बारे ओलीले दिएको अभिव्यक्ति संकीर्ण मानसिकताको उपज : राई
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
449
Shares
धरान । संयुक्त लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अशोक राइले नेकपा एमाले छुद्र ब्यवहार र द्वैद चरित्र भएको दल भएकाले एमालेलाई विश्वास गर्न नसकिने बताएका छन् । लोकतन्त्रमा बिरोध ,आलोचना हुने भएपनि आफ्नो कसैले बिरोध गर्यो भने त्यसको उछितो काड्ने , छुद्र बोलि बचन र ब्यबहार देखाउने र त्यस्तै तल्लो स्तरको अभिव्यक्ति दिने संकीर्ण साघुरो सोच राष्ट्रिय राजनीतिमा देखिनु दुखद भएको राइको भनाइ छ ।
एमाले अध्यक्ष केपी ओलीले पोखरामा बिपी कोइरालाको बारेमा दिएको अभिव्यक्ति छुद्र र संकीर्ण मानसिकताको उपज भएको उनले बताए । उनले भने ‘ राष्ट्रिय राजनीतिमा एउटा उचाई भएको पूर्व प्रधानमन्त्रि जस्तो मान्छेले बोल्न नसुहाउने एकदमै तल्लो स्तरको छुद्र कुरा बोल्नु भएको छ . जुन खेद जनक छ ।’
संघिय समाजबादि फोरमका बरिष्ठ नेता समेत रहेका राइले प्रश्न गर्दै भने, “अब चाडै नै नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई समबेदना दिने दिन आउदैछ भनेर कसैले पनि बोल्न नहुने छुद्र कुरा एमाले अध्यक्ष जस्तो राष्ट्रिय नेताले , प्रधानमन्त्रि भैसकेको जिम्मेवार मान्छेले बोल्न मिल्छ ?”
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राइले, मदन भण्डारी बाचिरहेको भए केपो ओलीलाई अहिले घोक्रे ठ्याक लगाएर गलहत्याएर बाहिर निकाल्थिए भनेर छुद्रता पुर्बक आफुले पनि बोल्न सक्ने बताउदै उनले भने एमाले अध्यक्षले जस्तो नैतिक सिमा र मर्यादा र भद्रताको सिमा नागेर आफुहरुले त्यस्तो अभिव्यक्ति नदिने सुनाए।