arrow

बाजुराका मतदान अधिकृत सम्पर्कमा आए

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
bajura-district.png

बाजुरा । जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन् । 

सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन भएका थिए । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । 

अधिकृत गिरी केहीबेर अघि सम्पर्कमा आई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको वलीले जानकारी दिए । मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ