arrow

‘जनताको सेवा गर्न आएको हुँ’ – गुरु बराल 

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
guru-baral.jpg

पोखरा । कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’ तर्फका उम्मेदवार गुरुप्रसाद बरालले जनताको सेवा गर्न उम्मेदवारी दिएको बताएका छन् ।

चुनावी अभियानमा निर्मलपोखरीमा केन्द्रित बराललाई प्रचारको क्रममा सो क्षेत्रका बासिन्दाले बराललाई गुनासाहरु सुनाए ।

मतदाताहरुले अघिल्ला निर्वाचित प्रतिनिधिप्रति गुनासो पोख्दै उनीहरुले परिवर्तनको पक्षमा यो पटक भोट हाल्ने वचन दिए ।

गुरु बरालले पनि मतदाताहरु माझ आफू सेवक भएर काम गर्न आएको बताए ।

प्रचारलाई फरक शैलीमा अगाडि बढाईरहेका बराललाई निर्मलपोखरीबासीले निकै साथ दिईरहेका छन् ।

 ‘निर्मलपोखरीबासीले म माथि एउटा खालको अपेक्षा राखेका छन् र साथ दिने वचन पनि दिएका छन्’, उनले भने–‘निर्मलपोखरीबासीले म माथि देखाएको सदाशयताले मलाई थप उर्जावान बनाएको छ ।’

आईतबारदेखि उनी निर्मलपोखरी क्षेत्रकै आसपासमा पर्ने विभिन्न गाऊँहरुमा पुगेर आफ्नो पक्षमा भोट मागेका छन् । 

सोमबार उनी निर्मलपोखरीमा पर्ने फेदीपाटन, मासपाटन, कृस्तीको मनकामना, लेवार, खत्रीगाऊँ, मैदान, गिरीगाऊँ लगाएतका ठाऊँमा घरदैलोमा सहभागी भए ।

बरालले निर्मलपोखरी र त्यस क्षेत्रबासीसँगै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मतदाताहरु लोकतन्त्र र सम्बृद्धिको पक्षमा देखिएको बताए । उनले नेपाली काँग्रेसले स्थापना गरेको एजेण्डाप्रति जनचासो र आकर्षण बढि देखिएको बताए ।

बराललाई त्यस क्षेत्रका युवाहरुले विशेष रुचाएका छन् । युवा नेतृत्व र उर्जाले विकास अनि सम्बृद्धि सम्भव भएको भन्दै यो पटक गैरकाँग्रेसी भएपनि बराललाई निर्वाचित गराउनपर्नेमा युवाहरुको विशेष जोड छ । 

प्रचारमा पनि प्रविधिको उत्कृष्ट प्रयोग गरेर चर्चामा आईरहेका बराल जनतामाझ पनि निकै लोकप्रिय बन्दै गएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ