निर्वाचन आचार संहिता विपरित सामान वाड्ने गाडीको हावा फुस्काइयो
प्रकाशित २०७४ मंसिर ११ सोमबार
747
Shares
डोटी । निर्वाचनको समय नजिकिदै जाँदा बामगठबन्धनका उम्मेदवार र तिनका कार्यकर्ताले निर्वाचन आचार संहिता बिपरित गतिविधि बढाउदै गएका छन् । सोमबार दिउसो एमाले झण्डा लगाएको जीपमा पाईप लगेर बाँडेको पाईएको छ ।
से १ ज २८६ नम्बरको जीपमा हालेर दिपायल सिलगढी नगरपालिका वडा नं. ४ स्थित मटेलामा लगेका स्थानियले बताएका छन्।
जिल्ला समन्वय समितिकी उप संयोजक शशी सोप, एमालेबाट वडा अध्यक्षका प्रत्यासी नरेन्द्र शाह, सीता रायमाझी , टेक बिक लगायतले सो पाईप बाडेका हुन् ।
यता दिपायल सिलगढी नगरपालिका वडा नं २ खुल्लेकमा बामगठबन्धनले नगरपालिकाको जीप दुरूपयोग गरेको खबर छ ।
दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख शिवराज खड्काले नगरको जीप खुल्लेकमा बाम गठबन्धनले गरिरहेको चुनावी अभियानमा प्रयोग गरेको भन्दै स्थानियले बिरोध गरेका छन् ।
स्थानियले नगरको गाडीको टायरका हावा फुस्काई दिएका छन् ।