भक्तपुर । आगामी मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारको घरलाई लक्षित गरी बम विस्फोट गराइएपछि उनीहरुले सुरक्षाको माग गरेका छन् ।
क्षेत्र १ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री र क्षेत्र २ को प्रदेश ‘ख’ मा काँग्रेसकै उम्मेदवार गणेशमान चक्रधरको घरलाई लक्षित गरी शनिबार साँझ प्रेसर कुकर बम विष्फोट भएपछि उनीहरुले सुरक्षाको माग गरेका हुन् ।
बम विस्फोटको घटनाले परिवारका सदस्यहरुलाई आतंकित बनाएको प्रदेशसभा ‘ख’का काँग्रेस उम्मेदवार अनिल भूजुले बतए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई भेटेर सुरक्षाको माग गर्दै प्रत्येक दिन राति उम्मेदवारको घर तथा टोलमा प्रहरी गस्ती गर्न आग्रह गरिएको उनले बताए ।
आफुहरुलाई लक्षित गरी बम विस्फोट गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली काँग्रेस चाँगुनारायण नगरसमितिका संयोजक यादवप्रसाद अधिकारीले बताए ।