युवालाई स्वरोजगार बनाउन कांग्रेसलाई भोट : नेता नेपाल
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ मंसिर ११ सोमबार
78
Shares
पाल्पा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा क्षेत्र न.२ का उमेदवार हरि प्रसाद नेपालले समुन्नत पाल्पा निर्माणका लागि आफ्नो उमेदवारी भएको बताएका छन् ।
क्षेत्र न. २ को सत्यवतीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार नेपालले वामपन्थीले वीस बर्षसम्म नगरेको काम आफुले सात बर्षमा जनताको बस्ती जोड्ने सडक सञ्जाल र आफ्नो निर्वाचन क्षेत्रलाई टुकी रहित बनाउने योजना रहेको बताए । संविधान निर्माणको लागि जनताले दिएको अभिभारा आफुले पुरा गरेको र अब युवालाई आफ्नै गाउँ बस्तीमा स्वरोजगार बनाउने योजना रहेको बताए ।
संविधान निर्माणका लागि जनताले दिएको अभिभारा आफुले पुरा गरेको र अव युवालाई आफ्नै गाउँबस्तीमा स्वरोजगार बनाउने अभियानलाई पुरा गर्नको लागि नेपाली कांग्रेसका उमेद्वारहरु विजयी हुनुपर्ने उमेद्वार नेपालले बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति वीर बहादुर राना लामो समय सम्म वाम पन्थी ले विजयी हासिल गरेको जिल्लामा अब नेपाली कांग्रेसको विजयी हुनबाट कुनै शक्तिले रोक्न नसक्ने दावी गरे । नेपाली कांग्रेस सत्ता बाहिर रहदा पनि जनताको सुख दुखमा रहेर काम गरेकै कारण नेपाली कांग्रेसको पाल्पामा विजय सुनिश्चित भएको सभापति रानाको भनाइ थियो ।
चुनावी सभामा पार्टीका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले कृषि पशुपालन वनजन्य उद्योगबाट युवाहरुलाई स्वरोजगार र आर्थिक सम्वृद्धि बनाउने कार्यमा नेपाली कांग्रेसको नेतृत्व विना संभव नभएको बताए ।
प्रदेश सभाका उमेदवार राम कार्कीले पाल्पा सबै कुराले धनी छ तर अहिले सम्म पूर्वाधार निर्माण भएको छैनन् ।
औधिकरणबाट पूँजी र युवाको श्रम शक्तिलाई विदेश पलायन हुनबाट रोक्न नेपाली कांग्रेसका उमेदवारहरु विजयी हुनुपर्ने बताए । क्षेत्र न. २ का क्षेत्रिय सभापति राम बहादुर कार्कीले विकास र सम्वृद्धि नेपाली कांग्रेस विना सम्भव नभएको दावी गरे । कार्यक्रममा दलित संघका सभापति लक्षमण हिताङ्ग , क्षेत्रिय सदस्य लक्षमण रायमाझी , लगायतका वत्ताहरुले नेपाली कांग्रेस विना विकास सम्भव नभएको बताए ।