arrow

बद्नामित ठेकेदार गोबिन्द कुँवर गठबन्धनको उम्मेदवार

कुँवर परे भीम रावलको आफ्नै भिनाजु

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
gobinda_kunwar.jpg

अछाम । एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछाममा बिकास निर्माणको काममा न्यून गुणस्तर र ढिलासुस्त गर्ने ठेकेदार मध्येमा अग्रस्थानमै नाम आउछ हर्कबहादुर कुँवर उर्फ गोबिन्द कुँवरको । कतै गुणस्तर हिन काम गर्ने त कतै कामको जिम्मा लिएर कामै नगरी शक्तिको आडमा भुक्तानी लिने तथा कतै काम गर्न नसकी कार्वाहीमा पर्ने ति नै गोबिन्द यस पटक बाम गठबन्धनको तर्फबाट अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा १ का उम्मेदवार बनेका छन् ।
 
एमाले अछामका पूर्व उपाध्यक्षसमेत रहेका बदनामित ठेकेदार कुँवर भीम रावलका आफ्नै भीनाजु हुन् । जिम्मा लिएर पनि समयमै काम नगर्ने त्यसैमा पनि गुणस्तरहिन काम गर्ने एमाले समर्थित ठकेदारलाई संरक्षण गर्दै आएका रावलले यस पटक आफूसहित भिनाजुलाई पनि उम्मेदवार बनाएका छन् । तीन तीन पटक जनप्रतिनिधी र चार चार पटक मन्त्री भैसक्दा सम्म पनि अछाममा बिकास निर्माणको नाममा सिन्कोसमेत नभाचेका रावलले बिकास गर्नुको साटो उल्टै बिकास निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई संरक्षण गर्दै आएका छन् ।

सालाको आडमा गुणस्तरहिन काम गरी पैसा कमाउने धन्दामा लागेका कुँवरले थुप्रै योजनामा अनियमितता तथा ढिलासुस्ती गरेका सुनिए पनि तीन वटा योजनामा भने उनी निकै बद्नामित भएका छन् ।

योजना नं. १
नेकपा माओवादीले संचालन गरेको सशस्त्र युद्धका बेला ०५८ फागुन ४ गते अछाम आक्रमणबाट पुरै ध्वस्त भयो । सबैजसो सरकारी कार्यालय जलेर ध्वस्त भए पछि सरकारले शान्ति प्रक्रिया पछि सदरमुकाम पुर्ननिर्माण गर्न टेण्डरर आव्हान गर्‍यो । जस मध्ये जिल्ला अदालतको भवन पुर्ननिर्माणको काम एमाले समर्थित ठेकेदार जयबहादुर साउँदको नाममा रहेको साउद कन्ट्रक्सनले पायो । तर उक्त फर्ममा घर निर्माणको जिम्मा गोबिन्दले नै लिए ।

 अदालतको भवन त उनले निर्माण गरे तर छत निर्माण भएकै बर्ष पुरै चुहिन थाल्यो । पचासैँ बर्ष टिक्ने पक्कि छत एक बर्ष पनि नटिकेपछि कुँवरको सबैतिरबाट व्यापक आलोचना हुनथाल्यो । अदालतको भवन गुणस्तरहिन बनाएर उनले लाखौँ रकम कुम्ल्याए । सर्वोच्व अदालतले गुणस्तरहिन बनेको भन्दै भवन बुझ्नु त कता हो कता भवन नै अस्वीकृत गरेर पुरानो भत्किएकै ठाउँमा नया भव्य भवन निर्माण गर्‍यो ।

भवन निर्माणको रेखदेख गर्दै आएको शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयले गुणस्तरहिन भवनको छत भत्काएर पुनःनिर्माण गर्न साउद कन्ट्रक्सनलाई पटक पटक ताकेता गरेपछि अन्तमा फर्म नै कालोसूचिमा पर्ने डरले कुँवरले गुणस्तरहिन निर्माण गरेको छत भत्काएर साउँदले नै पुनःनिर्माण गरे । कुँवरले गुणस्तरहिन काम गरेर लाखौ रकम कुम्ल्याए तर साउँदले फर्म कालोसूचिमा पर्नबाट जोगाउन ३० लाख बढी रकम खर्च गरेर पुरानो छत भत्काएर नयाँ निर्माण गर्नुपर्‍यो । रावलाई चुनावको बेला मोटो रकम सहयोग गर्ने मध्येमा पर्ने साउँद पनि अछाम दरबार पुनःनिर्माणको ठेक्का लिएर १० बर्ष सम्म काम सम्पन्न नगर्ने ठेकेदार हुन ।

योजना नं. २
अछाम र दैलेखलाई जोड्ने राकम स्थित कर्णाली नदि माथि झोलुंगे पुल निर्माणका लागि केहि बर्ष पहिले डोलीडारले टेण्डर आव्हान गर्‍यो । उक्त टेण्डर तोप्पे बाघ निर्माण सेवा भन्ने निर्माण कम्पनीले हातपार्‍यो । काठमाण्डौमा रहेको उक्त कम्पनीबाट तिनै गोबिन्द कुँवरले काम गर्ने जिम्मा लिए । कुँवरले पुलको सामान खरिदका लागि जिविस अछामबाट रकम भुक्तानी लगे । रकम भुक्तानी लगेको करिव तीन बर्ष सम्म पनि उनले कुनै सामान खरिद गरेनन् ।

पछि जिल्लास्तरमा व्यापक आवाज उठ्न थालेपछि सामान किनेर डोलीडारको सुर्खेतस्थित गोदाममा सामान दाखिला गरेर पुरै रकम ६३ लाख भुक्तानी लगे । लामो समय पछि झोलुंगे पुल निर्माण गर्ने भनिएको ठाउँमा पक्कि पुलको टेन्डर भएपछि उक्त पुलको सामान अछामकै बारलाको भेल्तडीस्थित कर्णाली माथि पुल निर्माण उपभोक्ता समितिलाई बिक्रि गरे । जिविसबाट सामान नै नकिनेर सबै रकम भुक्तानी लिने देखि हाल निर्माण गरिएको सम्ममा जिविसका कर्मचारी देखि पुल निर्माण उपभोक्ता समितिका पदाधिकारी सम्ममा धेरैको कमिसनको खेल भएको छ । यस कार्यमा संलग्न जिविसका केहि कर्मचारी देखि उपभोक्ता समितिका पदाधिकारी सबै एमाले समर्थित छन् ।

योजना नं. ३
अछाममा निर्माण हुन लागेको २० मेघावाट क्षमाताको बुढीगंगा जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका किसानलाई सिचाईमा सहयोग पुग्ने उद्देश्यले गत बर्ष मंसिरमा थुप्रै सिचाई कुलो निर्माणका लागि टेण्डर आव्हान गर्‍यो । मिलेमतोकै आधारमा ठेकेदारले ठेक्का बाँडफाँड गरे । सोही मध्येको १६ लाख लागतको बाब्लाको सिचाई कुलो निर्माणको काम गोबिन्द कुँवरको नाममा रहेको बुढाकोट निर्माण सेवाले पायो ।

गत असारमै निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको उक्त कामको रकम भुक्तानी लिएर पनि म्याद गुज्रिदा सम्म सुरु नै नगरेपछि आयोजनाले उनीसँगको ठेक्का सम्झौता तोड्यो । उनले भुक्तानी लिएको रकम उनको बैंक ग्यारेन्टीबाट असुलउपर गर्ने निर्णय गरेको परियोजनाले जानकारी दिएको छ । यि योजना त बढी चर्चामा आएका योजना मात्र हुन । कुँवरले जिम्मा लिएर काम गरेका थुप्रै साना ठूला योजनामा गुणस्तरहिन काम भएको सवत्र आरोप छ ।

कुँवर सँग प्रतिष्प्रधा गर्ने को हुन मेघराज खड्का
ठेकेदार पेशामा गनाई सकेका कुँवरसँग नेपाली काँग्रेस भित्र निष्ठाको राजनीति गर्ने निष्कलंकित, इमान्दार, क्षमातावान नेता मेघराज खडकासँग चुनावी प्रतिष्प्रधा गर्दैछन् । दोस्रो संबिधान सभाको निर्वाचनमा रावलसँग कडा प्रतिष्प्रधा गरेका खड्काको पक्षमा यस पटक व्यापक जनलहर छ । बिकासप्रेमी इमान्दार नेता खडकाप्रति यस पटक मतदाताको गहिरो साहानुभुती छ भने अर्कोतर्फ कुँवर जस्ता बदनामित उम्मेदवार बाम गठबन्धनले अघि सारेपछि खडकाको जित सुनिश्चित भएको कतिपय बाम गठबन्धनबालाहरु नै बोल्न थालेका छन् ।

दोस्रो संबिधान सभाको निर्वाचनमा पराजय भोग्नु परेको कारणले पनि काँग्रेसका उम्मेदवार खडकाप्रति सबैको सहानुभुती बढेको छ । ५४ को आम निर्वाचनमा जिविस सदस्य समेत बनेका खड्काले त्यो बेला आफ्नो इलाकामा बिकासप्रेमी नेताको रुपमा राम्रो छाप छोडेका छन् । राजनीति शास्त्रमा स्नातकोत्तर उत्र्तिण खड्का नेपाली काँग्रेस अछामका पूर्व पार्टी सभापतिसमेत हुन् । खड्काले चुनाव जितेमा काँग्रेसका तर्फबाट ७ नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमासमेत धेरैले हेरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ