मिनेन्द्र रिजालले भित्राए एमाले र माओवादी केन्द्रका सय भन्दा वढी कार्यकर्ता
प्रकाशित २०७४ मंसिर ११ सोमबार
178
Shares
रंगेली ,मोरङ । मोरङको क्षेत्र नं.२ अन्तरगर्त रंगेली नगरपालिका ८ स्थिति दर्वेशा मा स्थानीय निकायका स्वतन्त्र उमेदवार सहित १ सय १५ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा स्वतन्त्र उमेदवार रहेका का यज्ञ बहादुर दोर्जे ( ढब्बु) नेकपा एमाले का दर्वेशा सह सचिव जंग वहादुर राजवँशी लगायत सहित १ सय १५ जना नेपाली काग्रेसमा प्रवेश गरेका हुन।
त्यसैगरी हसन्दहका माओवादी केन्द्रका कृष्ण बहादुर खत्री ,शिव नारायण राजबंशी लगायत नेपाली काङ्ग्रेस मा प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई मोरङ्ग क्षेत्र नं.२ का प्रतिनिधीसभाका उमेदवार मिनेन्द्र रिजाल, समानुपातिक उमेदवार गोपालमान सिंह राजभण्डारी, प्रदेश सभा उमेदवार सुमन कुवर लगायतले अविरमाला गरेर स्वागत गरेका थिए ।
सो क्रममा डा. रिजालले मोरङ्ग क्षेत्र नं.२ लाई राष्ट्रिय पहिचानको क्षेत्रको रुपमा विकाश गर्ने बताए ।