arrow

हेर्नेले हेरिरहन्छ कांग्रेस पहिलो दल बनेर सरकारको नेतृत्व गर्छ –शशांक कोइराला

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
sashank-koi-mn.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । 

रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले कांग्रेसको पक्षमा लहर आएको दाबी गर्दै कोइरालाले कांग्रेस ठूलो दल बन्ने बताए । 

यस पटकको चुनावमा कांग्रेस एकतावद्ध भएर लागेको बताउँदै कोइरालाले पार्टीभित्र एकताको सन्देश दिन सफल भएको जिकिर गरे । 

पार्टीभित्र एकताको सन्देश गएकाले पनि आफ्ना उम्मेदवारहरुले जित्ने दाबी कोइरालाको छ ।

चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै कोइरालाले चुनावपछि सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा आफूमध्ये जसले पनि गर्न सक्ने बताए ।
 
उनले देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्रीबन्न सक्ने सम्भावना बढी रहेको बताए । 

प्रधानमन्त्रीका लागि सबै नेता आकांक्षी हुनु स्वभाविक भएको बताउँदै कोइरालाले प्रक्रिया पुर्याएर प्रधानमन्त्री को बन्ने भन्ने टुङ्गो लगाइने बताए ।

नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत बनेका कोइरालाले जिल्लाको विकासका लागि आफू प्रतिवद्ध भएको बताए ।

 जिल्लामा भएका सिँचाई, तटबन्ध निर्माण, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा आफू प्रतिवद्ध रहेको कोइरालाको भनाई छ । 
उनले जिल्लामा अन्तराष्ट्रिय रंगशाला बनाउने प्रतिबद्धतासमेत जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ