arrow

महेश आचार्य मन्त्रः आर्थिक समृद्धिका लागि काँग्रेसको नेतृत्व आवश्यक

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
Mahesh-Acharya.jpg.jpeg

पथरी । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको आर्थिक समृद्धि तथा लोकतन्त्र दिगो बनाउन नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । 

मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका आचार्यले मोरङको कटहरी गाउँपालिकामा नेपाल टे«ड युनियन काँग्रेसले आइतबार साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेसको नेतृत्वमा संविधान बनेकाले संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको छ भने । 

उनले भने, “एकअर्कामा आरोपप्रत्यारोपभन्दा पनि मुलुकको विकासको एजेन्डामा छलफल र बहस गर्नुुपर्छ ।” दक्षिणतर्फ फर्केर गाली गर्दैमा राष्ट्रियता बलियो नहुुने भन्दै नेता आचार्यले राष्ट्रियता बलियो बनाउन सबैजात जाति समुुदायको भावनालाई आत्मसात् गर्न सक्नुपर्नेमा जोड दिए । 

उनले विसं २००७ को प्रजातन्त्र स्थापनादेखि विसं २०६२ को आन्दोलनसम्म काँग्रेसले अगुवाइ गरेकाले लोकतन्त्र र प्रजतान्त्रप्रति काँग्रेसलाई सबैभन्दा बढी माया रहेको बताए । 

कार्यक्रममा क्षेत्र नं ४ (ख) का प्रदेससभा उम्मेदवार विश्वनाथ रिजालले विराटनगरलाई प्रदेशको राजधानी बनाउने काँग्रेसको मुख्य एजेन्डा रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ