arrow

एक साता भित्र बिभिन्न पार्टी परित्याग गरी कांग्रेसमा पाँच सयले गरे प्रवेश

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
rautahat1.jpg

रौतहट । रौतहटमा चुनावी अभियानले तिब्रता पाएको छ । रौतहटको ४ नम्बर क्षेत्रमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या दिनदिनै बढेको छ । यसले नेपाली कांग्रेसका जनलहेर बढेको छ ।

सबैजात जाती, र समुदायको बसोबास रहेको रौतहटको क्षेत्रनम्बर ४ मा साझा पार्टी र जनमुखि नेता प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदबार देब प्रसाद तिमल्सिना लाई बिजयी गराउन मतदाताहरु उत्साही भएका छन । एक साता यता मात्रै रौतहटको चन्द्रपुर, गडीमाई, बृन्दाबनमा बिभिन्न पार्टी परित्याग गरी ५ सय भन्दा बढि नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

 जनताको सुख दुख र सधै जनताको साथमा रहेका नेपाली कांग्रेसका उम्मेदबार देब प्रसाद तिमल्सिनालेनै यसक्षेत्रको बिकास, अनि गरिब, शोषित पीडित जनताको पक्षमा काम गर्न सक्ने ब्यक्ति भएको भन्दै उनीहरु स्वतफुर्तरुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

आइतबार मात्रै चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा एमाले परित्याग गरी महेन्द्र चौधरी, बिद्यानन्दन चौधरी, अखलेश चौधरी, रामानन्दन चौधरी, रामलखन चौधरी, अखलेश चौधरी, आनन्दी चौधरी, देबानन्द चौधरी, अबधेश चौधरी, अशोक चौधरी, अम्रिता चौधरी, दिनेश चौधरी, बिबेक चौधरी, रामबाबु साह, बिन्देश्वर चौधरी, सागर चौधरी, राजाराम पासवान, रामलखन चौधरी, जयलाल चौधरी, राजकुमार चौधरी, पासपति चौधरी, रीताबती चौधरी सहित एक सय पचास जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

हिजो मात्रै गडिमाई नगरपालिका–४ सङ्गामपुरमा एमाले र राजपा नेपाल परित्याग गरी नेपाली कांग्रेसमा २० जना प्रवेश गरेका छन । चन्देश्वर प्रसाद यादब, गुगुल राय यादब, फेकु राय यादब, रामानन्द यादब, बिष्णु दयाल राय, बिजन राय,ब्रम्हदेब राय, बिनेकी राय, रामअधार यादब, आपेन्द्र राय, बाल किसोर यादब, मोहन अधिकारी,ननीपत यादब, राकेश यादब, प्रभु राय यादब, बालकिसोर राय नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

 यस्तै एमालेका क्षेत्रिय सचिब राकेश यादब र राजीनन्दन राय यादब नेपाली कांग्रेसमा प्रवेश गरेका छन । यस क्षेत्रको प्रतिनिधि सभा तर्फ ०४८ सालमा बिजयी भएका एमालेका डाक्टर बंशिधर मिश्र र राजपा नेपालको तर्फ बाट कन्थमणि जैयसवाल उम्मेदबार बन्नु भएको छ । उहाहरु पनि घरदैलोमा ब्यस्त रहनु रहनु भएको छ । राजपा नेपालले हिजो गरुडा नगरपालिकाको गेडहीगुठिमा कोणसभाको आयोजना गरेको छ ।

 कोणसभामा प्रमुख अतिथि  पुर्बप्रहरी महानिरिक्षक एबम प्रदेश सभा ( ख ) का उम्मेदबार प्रदिपशमशेर जबरा, अतिथि प्रतिनिधि सभाका उम्मेदबार कन्थमणि जैयसवालले मधेश र मधेशी जनताको पक्षमा आफनो पार्टी रहेकोले मत दिएर बिजय बनाउन आग्रह गर्नु भएको छ । राजपा नेपालका राम प्रवेश दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ