arrow

‘लोकतन्त्रको रक्षा र मुलुकलाई आर्थिक सम्बृद्धितर्फ लैजान काँग्रेसलाई मत’

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार

बुटवल। नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार युवराज गिरीले मुलुकमा लोकतन्त्रको रक्षा गरी आर्थिक सम्बृद्धिको बाटोमा डोर्‍याउनका लागि नेपाली काँग्रेसको विजयी आवश्यक रहेको बताएका छन् ।

आगामी मङ्सिर २१ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि सञ्चालन गरिएको घरदैलो अभियानमा सर्वसाधारणसँग साक्षात्कार गर्दै उम्मेदवार गिरीले नेपालमा भएका हरेक परिवर्तन, क्रान्ति र संक्रमणको अन्त्य नेपाली काँग्रेसको नेतृत्वमा सफल भएको बताउँदै उनले अब मुलुकलाई आर्थिक सम्बृद्धितर्फ लैजान नेपाली काँग्रेसको नेतृत्व आवश्यक भएको जिकीर गरे ।

‘मुलुकमा भएका हरेक क्रान्ति, आन्दोलन, लोकतन्त्र प्राप्ति नेपाली काँग्रेस नेतृत्वमा मात्रै सफल भएका छन्’ बुटवल उपमहानगरपालिका वडा नं ५ र सैनामैना वडा नं १ का सर्वसाधारणसँगको घरदैलो साक्षात्कारमा उनले भने, ‘अब मुलुकमा आर्थिक रुपान्तरणको अभियान चलाउन जरुरी छ, त्यसका लागि नेपाली काँग्रेसको जित आवश्यक छ त्यसैले नेपाली काँग्रेसलाई यहाँहरूको मत जरुरी छ ।’

त्यस्तै रुपन्देही क्षेत्र नं २ प्रदेशसभा २ का उम्मेदवार महेशमान सिँहले काँग्रेसको नेतृत्व मात्रै मुलुकलाई आर्थिक सम्बृद्धितर्फ डो¥याउन सफल भएको दाबी गर्दै ठूलाठूला उद्योगी, व्यवसायीहरू पनि विभिन्न पार्टी परित्याग गरी काँग्रेसको मोर्चामा सहभागि हुन आएको बताए । उनले रुपन्देहीलाई आर्थिक केन्द्रविन्दु बनाउनका लागि व्यवसायीको तर्फबाट आँफुले उम्मेदवारी दिएको जिकीर गरे ।

घरदैलो अभियानमा खटिएका उम्मेदवारद्वय गिरी र सिँहलाई ती वडाका सर्वसाधारणले आफूहरुका स्थानीय समस्याका बारेमा विभिन्न गुनासोहरू सुनाएका थिए । घरदैलो अभियानमा खटिएका नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डे, प्रदेश सभा २ प्रचारप्रसार समितिका संयोजक हरिबहादुर आचार्य, सचिव मुक्तिप्रसाद अधिकारीलगायतले नेपाली काँग्रेस क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार गिरी, प्रदेशसभा १ का उम्मेदवार काजीमान श्रेष्ठ र २ का उम्मेदवार महेशमान सिँहलाई आफ्नो अमूल्य मत दिन सर्वसासधारणसँग आग्रह गरेका थिए ।                   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ