पप्पु सिंह सहित सय भन्दा वढी कांग्रेसमा प्रवेश, अनिल रुङ्गटाले भित्राए
प्रकाशित २०७४ मंसिर १० आइतबार
208
Shares
वीरगन्ज। नेपाली काँग्रेस पर्साले आईतबार वीरगन्जको भिस्वा मा आयोजना गरेको पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्गटाले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका विरहरुको शहादतलाई भर्याङ्ग बनाई सम्पत्ती जोडन पल्केकाहरुलाई जनताले आफ्नो मतबाट जवाफ दिने बताएका छन् ।
जनताको विश्वासलाई आन्दोलनका क्रममा छेतविच्छेतपारी धन कमाउनेलाई मेधसी जनताले पहिचान गरी सकेको र मंसिर २१ गते हुने प्रतिनधी तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान गरी कडा जवाफ दिने सांसदका उम्मेदवार रुङ्गटाले भने ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरेका एक सय भन्दा बढी ले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ भिस्वाका युवा नेता पप्पु सिंह आफ्नो पुरा दलबलका साथ कांग्रेसमा प्रवेश गरेका छन् ।
पर्साका जिल्ला सभापति अजय कुमार द्विवेदी, क्षेत्र नम्बर १ बाट सांसद पदका उम्मेदवा अनिल रुङ्गटा, क्षेत्र नम्बर १ को (ख)बाट प्रदेश सभा पदका उम्मेदवार विजय सर्राफ, नेपाली कांग्रेसका कोषाध्यक्ष लगायतले नव प्रवेशीलाई अविरको टिका लगाई पार्टीमा प्रवेश गराएका थिए ।
त्यस्तै राधेमाई तेजारथ टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य राम नारायण कुर्मी लगायत नेता तथा कार्यकर्ताको उल्लेखनिय उपस्थिति रहेको थियो ।