arrow

पप्पु सिंह सहित सय भन्दा वढी कांग्रेसमा प्रवेश, अनिल रुङ्गटाले भित्राए

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
chetra_no_1.jpg

वीरगन्ज। नेपाली काँग्रेस पर्साले आईतबार वीरगन्जको भिस्वा मा आयोजना गरेको पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्गटाले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका विरहरुको शहादतलाई भर्याङ्ग बनाई सम्पत्ती जोडन पल्केकाहरुलाई जनताले आफ्नो मतबाट जवाफ दिने बताएका छन् ।

 जनताको विश्वासलाई आन्दोलनका क्रममा छेतविच्छेतपारी धन कमाउनेलाई मेधसी जनताले पहिचान गरी सकेको र मंसिर २१ गते हुने प्रतिनधी तथा  प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान गरी कडा जवाफ दिने सांसदका उम्मेदवार रुङ्गटाले भने ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरेका एक सय भन्दा बढी ले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ भिस्वाका युवा नेता पप्पु सिंह आफ्नो पुरा दलबलका साथ कांग्रेसमा प्रवेश गरेका छन् ।

 पर्साका जिल्ला सभापति  अजय कुमार द्विवेदी, क्षेत्र नम्बर १ बाट सांसद पदका उम्मेदवा अनिल रुङ्गटा, क्षेत्र नम्बर १ को (ख)बाट प्रदेश सभा पदका उम्मेदवार विजय सर्राफ, नेपाली कांग्रेसका कोषाध्यक्ष लगायतले नव प्रवेशीलाई अविरको टिका लगाई पार्टीमा प्रवेश गराएका थिए ।

त्यस्तै राधेमाई तेजारथ टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य राम नारायण कुर्मी लगायत नेता तथा कार्यकर्ताको उल्लेखनिय उपस्थिति रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ