arrow

कमल थापाले शेखरलाई भोट मागे : ‘लोकतन्त्र रक्षाका लागि डा‍. शेखरलाईनै भोट दिनुस्’

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
kamal_thapa5.jpg

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको संस्थागत विकासका लागि मोरङ क्षेत्र नम्बर ६ का काँग्रेस उम्मदेवार डा. शेखर कोइरालालाई  रुखमा मतदान गर्न आफ्ना कार्यकर्ताहरुलाई  सार्वजनिक अपिल गरेका छन्  । शेखरलाई  साक्षी राखेर उनले आफ्ना कार्यकर्तासँग भोट मागे ।  

रुखका लागि भोट माग्न म  विराटनगर आएको छु, थापाले खचाखच सहभागि रहेको कार्यक्रममा सम्बोधन गर्दै भने , ‘साम्यवादको अभिष्ठ पुरा गर्न नदिन पनि कांग्रेसलाई मतदान गर्नुहोस ।’

कुनै पनि आवरणमा साम्यवाद स्थापित हुन नसक्ने ठोकुवा गर्दै  थापाले भने , ‘वामगठबन्धन सत्ता , शक्ति र ब्रम्हलुट मच्चाउने खेलमा छ ।’

राप्रपाका कार्यकर्ताले आत्मदाहा गरेर भएपनि प्रजातन्त्रको रक्षा गर्ने बेला आएको उनको भनाई छ । अध्यक्ष थापाले  यसका लागी काँग्रेस उम्मेदवार डा. शेखरलाई मतदान गरी वामगठबन्धको अभिष्ठ पुरा हुन नदिनुहोस्, भने ।

६ निर्वाचन क्षेत्र र १२ प्रेदश सभाको लागी राप्रपाले मोरङमा काँग्रेसलाई समर्थन गरेको अध्यक्ष थापाले सुनाए  । उनले अगाडि भने, ‘हाम्रो गठबन्धनको मुख्य उद्देश्य प्रजातन्त्रको रक्षा गर्नु र समग्र आर्थिक विकास र मूलुकको समृद्धि हो ।’
 
यो अभिव्यक्तिले वामगठबन्धलाई मोरङ ६ मा ठूलो धक्का पुगेको छ । राप्रपाको समर्थनसँगै  डा शेखर प्रतिस्पर्धी भन्दा निक्कै बलियो बनेका छन् । राप्रपाले प्रतिनिधि सभाका लागि १ सय ५७ र प्रदेश सभाका लागि ३ सय १५ स्थानमा कांग्रेसलाई समर्थन गरेको अध्यक्ष थापाले बताए । कार्यक्रममा मोरङ ६ का कांग्रेस उम्मेदवार डा. शेखरले राप्रपाको समर्थनले आफ्नो विजय सुनिश्चित भैसकेको बताए । लोकतान्त्रिक गठबन्धन  वलियो नभएसम्म मूलुक अधोगतितर्फ जाने उनले टिप्पणी गरे ।

मोरङ ६ मा बामगठबन्ध भन्दा कांग्रेस बलियो छ । स्थानीय तकको निर्वाचनमा वमगठबन्ध भन्दा कांग्रेस १ हजार ७ सय मतले अघि रहयो । यो क्षेत्रमा राप्रपाले २ हजार ९ सय मत ल्याएको थियो । राप्रपाको यो समर्थनले डा. कोइरालाका स्पर्धी एमालेका उम्मदेवार लालबाबु पण्डित भन्दा ४ हजार ३ सय मतले अघि रहेका बताइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ