arrow

पहिलो चरणमा ६५ प्रतिशत बढी मत खस्यो, स्थानीय तहको जस्तो उत्साह रहेन

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
matadan_new.JPG

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५ प्रतिशत बढी मत खसेको जनाएको छ । स्थानीय तह निर्वाचनमा समग्रमा ७३ प्रतिशत मत खसेको थियो ।

आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणमा ६५ प्रतिशत बढी मत खसेको बताए । उनले भने, ‘यो प्रारम्भिक जानकारी हो । कतिपय ठाउँको जानकारी आउन बाँकी छ ।’

प्रमुख आयुक्त यादवले निर्वाचन शान्तपूर्व सम्पन्न भएको बताए । उनले पहिलो चरणको निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।

हिमाली र उच्च पहाडी ३२ जिल्लाका मतदाताले उत्साहपूर्व मतदान गरेको यादवको भनाई छ ।
मतदान सकिएका अधिकांश मतदान केन्द्रबाट मतपेटिका सील गरे सदरमुकाम पठाइएको छ । हेलिकोप्टर प्रयोग गर्नुपर्ने उच्च हिमाली क्षेत्रका मतपेटिका सोमबारमात्रै सदरमुकाम ल्याइने निर्वाचन अधिकारीहरुले जनाएका छन् ।

पहिलो चरणमा भएको निर्वाचनमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रहेको आयोगको भनाई छ । तर, स्थानीय तहको चुनावमा जस्तो यो चुनावमा मतदाताको उत्साह केही घटेको देखिएको छ ।

स्थानीय तह निर्धारणलाई लिएर असन्तुष्ट सोलुखुम्बु तिङलाका मतदाताले मतदान बहिस्कार गरेका छन् । २५ सय ७५ मतदाता रहेको तिङ्लाले स्थानीय तहको चुनाव समेत बहिस्कार गरेको थियो ।

यता, पश्चिम रुकुमको बाफीकोटस्थित रत्न माध्यामिक विद्यालयको मतदान केन्द्रमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले मतपेटिका नै जलाइएपछि प्रतिनिधिसभातर्फ मंसिर २१ गते पुनः मतदान हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ