arrow

एमाले र माओवादी केन्द्रका कार्यकर्ता काँग्रेसमा प्रवेश

उत्तरीक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छौः डीना

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
indrasrobar.jpg

मकवानपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा कम्युनिष्टहरुले २०४८ सालदेखि जितेपछि विकास गर्न नसकेको बताएकी छन् ।

संयुक्त लोकतान्त्रिक गठबन्धनको मकवानपुरको इन्द्रसरोवरमा आइतबार आयोजित अगुवा कार्यकर्ता भेला तथा नवप्रवेशीहरुलाई स्वागत कार्यक्रममा काँग्रेस नेतृ उपाध्यायले संसदमा बहुमत मिल्न नसक्ने कम्युनिष्टहरुले बाम गठबन्धनका नाममा भ्रम छर्दै हिडेको बताइन् ।

लोकतान्त्रिक गठबन्धनबाटमात्र समृद्धि सम्भव भएको भन्दै उनले मकवानपुरको उत्तरीक्षेत्रलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गरिने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का संयुक्त लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक रघुरमण न्यौपानेले कम्युनिष्टहरुको गठबन्धन सत्ता स्वार्थका लागि भएको आरोप लगाए । मकवानपुर प्रदेशसभा सदस्य उम्मेदवार यतिराज सापकोटाले ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौँडालाई बनाउन लोतान्त्रिक गठबन्धनले जित्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका किरण लामा, अमृतसिं लो, इन्द्रमान लो ज्याक र नेकपा माओवादी केन्द्रका सुरेश थोक्कर, मुक्ति लामालगायतका काँग्रेस प्रवेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ