arrow

बझाङमा एमालेबाट निर्वाचित वडा अध्यक्षले काँग्रेस कार्यकर्तालाई आक्रमण गरे

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
bajhang_district_map.png

बझाङ । बझाङको मष्टा गाउँपालिका–३ को मालिका निमावि मतदान केन्द्रमा वडा अध्यक्षले काँग्रेस कार्यकर्तालाई ढुंगा प्रहार गरेर घाइते बनाएका छन् ।

वडा नम्बर –३ का अध्यक्ष टेक बहादुर कठायतले काँग्रेस कार्यकर्ता रामबहादुर धामीको टाउकोमा ढुंगा प्रहार गरि घाइते बनाएका हुन् । उनी एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

धामीको टाउकोमा ७ वटा टाका लागेको बताइएको छ । केही बेर तनावको स्थिति रहेपनि मतदान चलिरहेको बताइएको छ ।  

घटनापछि हेलिकोप्टरले निरीक्षण गरिरहेको र काँग्रेस, एमालेका कार्यकर्ता ठाउँ–ठाउँमा झुण्ड बनाएर बसेकाले फेरि झडपको स्थिति आउन सक्ने पत्रकार जगत खड्काले बताएका छन् ।

दुईपक्षबीचको झडप साम्य भएपनि ठाउँ–ठाउँमा गोलबन्ध हुने क्रम जारी रहेकाले फेरि पनि झडपको सम्भावना रहेको खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ