बिवादले उग्र रुप लिँदा खोटाङको टेम्मामा मतदान स्थगित
खेमराज दाहाल।
प्रकाशित २०७४ मंसिर १० आइतबार
164
Shares
खोटाङ। खोटाङको दिप्रुङ गाउँपालिका–७ टेम्मास्थित शान्ति माबि केन्द्रमा भएको बिबादका कारण मतदान स्थगित भएको छ ।
एकाघरको सदस्य वा इच्छाईएको ब्यक्तिमार्फत मतदान गर्न पाउने–नपाउने बिषयमा भएको बिबादले उग्र रुप लिँदा मतदान कार्य स्थगित गर्नुपरेको बताईएको छ ।
एकाघरको वा इच्छाईएका ब्यक्तिले मतदान गर्न पाईने सहमति भए पनि एकै ब्यक्तिले पटक–पटक मतदान गरेको बिषयमा बिबाद शुरु भएको थियो ।
लोकतान्त्रिक र बाम गठबन्धनबीच शुरु भएको बिबादले उग्र रुप लिई झडपकै अवस्था सिर्जना भएपछि निर्बाचन सामाग्री सुरक्षित गरी मतदान स्थगित भएको सूचना टाँस गरिएको जानकारी आएको निर्बाचन अधिकारी दिनेश खत्रीले बताए ।
हाल दिनको करिब १ बजेदेखि मतदान सुचारु गराउने बिषयमा सदरमुकाममा मुख्य निर्बाचान अधिकृत जिल्ला न्यायधिश किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी लगायतका सुरक्षा समितिबीच छलफल भईरहेको जनाईएको छ ।
यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित सरस्वती माबि केन्द्रमा पनि सामान्य बिबिाद भएको थियो । सो केन्द्रमा भने हाल सहज तबरले मतदान कार्य जारी रहेको छ ।
१ सय ७९ मतदान केन्द्र रहेको जिल्लाको अन्य केन्द्रमा भने बिहानैदेखि शान्त वाताबरणमा निर्बाद ढंगबाट मतदान भईरहेको जिल्ला निर्बाचन अधिकारी खत्रीको भनाई छ ।
अपरान्ह १ बजेसम्म २० प्रतिशत बढी सम्पन्न भईसकेको जनाईएको छ । कूल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्लामा ७० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी खत्रीको अनुमान छ ।