arrow

बिवादले उग्र रुप लिँदा खोटाङको टेम्मामा मतदान स्थगित 

logo
खेमराज दाहाल।
प्रकाशित २०७४ मंसिर १० आइतबार
khotang-district.png

खोटाङ। खोटाङको दिप्रुङ गाउँपालिका–७ टेम्मास्थित शान्ति माबि केन्द्रमा भएको बिबादका कारण मतदान स्थगित भएको छ । 

एकाघरको सदस्य वा इच्छाईएको ब्यक्तिमार्फत मतदान गर्न पाउने–नपाउने बिषयमा भएको बिबादले उग्र रुप लिँदा मतदान कार्य स्थगित गर्नुपरेको बताईएको छ ।  

एकाघरको वा इच्छाईएका ब्यक्तिले मतदान गर्न पाईने सहमति भए पनि एकै ब्यक्तिले पटक–पटक मतदान गरेको बिषयमा बिबाद शुरु भएको थियो । 

लोकतान्त्रिक र बाम गठबन्धनबीच शुरु भएको बिबादले उग्र रुप लिई झडपकै अवस्था सिर्जना भएपछि निर्बाचन सामाग्री सुरक्षित गरी मतदान स्थगित भएको सूचना टाँस गरिएको जानकारी आएको निर्बाचन अधिकारी दिनेश खत्रीले बताए । 

हाल दिनको करिब १ बजेदेखि मतदान सुचारु गराउने बिषयमा सदरमुकाममा मुख्य निर्बाचान अधिकृत जिल्ला न्यायधिश किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी लगायतका सुरक्षा समितिबीच छलफल भईरहेको जनाईएको छ ।    

यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित सरस्वती माबि केन्द्रमा पनि सामान्य बिबिाद भएको थियो । सो केन्द्रमा भने हाल सहज तबरले मतदान कार्य जारी रहेको छ ।

१ सय ७९ मतदान केन्द्र रहेको जिल्लाको अन्य केन्द्रमा भने बिहानैदेखि शान्त वाताबरणमा निर्बाद ढंगबाट मतदान भईरहेको जिल्ला निर्बाचन अधिकारी खत्रीको भनाई छ । 

अपरान्ह १ बजेसम्म २० प्रतिशत बढी सम्पन्न भईसकेको जनाईएको छ । कूल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्लामा ७० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी खत्रीको अनुमान छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ