काठमाडौं । आइतबार भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा ४० प्रतिशत मतदान सम्पन्न भएको छ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार आइतबार १ बजे सम्ममा ४० प्रतिशत मतदान भइसकेको हो । प्रदेश सभा तथा प्रतिनिधि सभा अन्तर्गत पहिलो चरणमा हिमाली ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभामा निर्वाचन क्षेत्रमा मतदान हुदै छ । केही छिटफुट घटना बाहेक अहिले सम्म सामान्य ढंगले निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।