मुस्ताङ । मुस्ताङका ३७ वटै मतदान केन्द्रमा पनि बिहानैदेखि मतदान प्रकृया शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिएका छन् ।
मौसम प्रतिकुल भए पनि सहभागीता भने उत्साहजनक रहेको बताइएको छ ।
निर्वाचनका लागि २६१ जना कर्मचारी खटिएका छन् ।
नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा प्रतिनिधिसभा एक र प्रदेशसभा दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा र राप्रपा ९प्रजातान्त्रिक० का गरी आठजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।