-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मनाङ । हिमाली जिल्ला मनाङमा मतदान शुरु भएको छ।
चिसोको वावजुद विहानैदेखि मतदान प्रक्रिया शुरु भएको हो।
विहान फाट्टफुट्ट मात्र मतदाता आएपनि यो प्रक्रिया बढ्दै जाने अपेक्षा गरिएको छ।
मनाङको चामे लोकप्रिय मतदान केन्द्रमा सात वज्नु अघिदेखि नै सबै तयारी भएको छ।
सुरक्षाको पनि उच्च सतर्कता अपनाइएको छ।
पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा मतदान हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन् ।
यस्तै, प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन् ।
प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले पहिलो चरणमा आफ्नो मतको सदुपयोग गर्दै छन् ।
पहिलो चरणमा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।