अछाममा नयाँ शक्ति र एमालेका जिल्ला सदस्य सहित २५ जना काँग्रेसमा प्रवेश
सुशील भण्डारी ।
प्रकाशित २०७४ मंसिर ९ शनिबार
434
Shares
अछाम । नयाँ शक्ति नेपाल परित्याग गरि नयाँ शक्ति नेपाल जिल्ला सदस्य सहित २५ जना नेताकार्यकर्ता काँग्रेसमा प्रवेश गरेकाछन् ।
नेपाली काँग्रेस पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर १ र २ को चुनावी सभामा नयाँ शक्ति नेपाल परित्याग गरि नयाँ शक्ति नेपाल जिल्ला सदस्य वर्तराज तिमिल्सैना,नेकपा एमाले पञ्चदेवल बिनायक नगरकार्यसमिति सदस्य लोकराज ढकाल लगायत २५ जना नेताकार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेकाछन् ।
काँग्रेसमा प्रवेश गर्दै नयाँ शक्ति नेपाल जिल्ला सदस्य तिमिल्सैनाले लोकतन्त्रको रक्षा गर्ने पाटी नेपाली काँग्रेस मात्र भएकोले लोकतन्त्र ध्वस्त पार्न बनेको बामपंथी गठबन्धनलाई परास्त गर्नका लागी आफू र अन्य नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको बताए ।