आचारसंहिताको धज्जी उडाउँदै उपराष्ट्रपतिका छोराले यसरी मागे फेसबुकमै भोट (भिडियाेसहित)
प्रकाशित २०७४ मंसिर ९ शनिबार
382
Shares
रोल्पा । मौन अवधि जारी रहेका बेला आइतबार चुनाव हुने रोल्पाका माओवादी कार्यकर्ताले उम्मेदवारलाई समाजिक संजालमा भिडियो मार्फत भोट भागेका छन् ।
मौन अवधिको अवज्ञा र आचारसंहिता विपरीत उनीहरुले भोट मागेका हुन् । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले नै पूर्वअर्थमन्त्री वर्षमान पुन र प्रदेशसभाका उम्मेदवार कुलप्रसाद केसी र दिपेन्द्र पुनलाई भोट मागेका हुन् ।
उनले आफ्ना साथीहरुसँग मत हाल्न जनताहरु आउँछन् नि हैन ? भन्दै दोहोरो कुराकानी समेत गरेका छन् ।