बाम गठबन्धनले देशमा तानाशाही शासन ल्याउन खोज्दै छ : देउवा
प्रकाशित २०७४ मंसिर ९ शनिबार
533
Shares
नवलपरासी। प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठबन्धनको एकताबाट देशमा एकलौटी तानाशाही शासन ल्याउन खोजिएको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले शनिबार सुनवलमा आयोजना गरेको बिशाल आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सभापति समेत रहेका प्रधानमन्त्री देउवाले यस्तो वताएका हुन् ।
नेपाली कांग्रेसको नेतृत्वमा बनेको नया संबिधानलाई कम्युनिष्टहरु खारेज गर्ने दिशातर्फ अग्रसर भैरहेको प्रधानमन्त्री देउवाले वताए । देशमा कम्युनिष्टहरुले गठबन्धन गरेकाले कम्युनिष्ट शासन आए नागरिकले स्वतन्त्रतापुर्बक जिवनयापन पनि गर्न नपाउने भन्दै उनले लोकतन्त्रमा नागरिकले स्वतन्त्र पूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने भएकाले अबको चुनावमा लोकतान्त्रिक पक्षधरलाई मतदान गर्न आग्रह गरे। साथै देउवाले चुनावपछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने समेत दावी समेत गरे ।
यसैगरि बिशाल आमसभालाई सम्बोधन गर्न आएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधै हिसांको बाटोतर्फ अग्रसर रहने अरोप लगाए ।
नेता पौडेलले आउदो प्रतिनिधि र प्रदेशसभाको चुनावबाट बाम गठबन्धनले दुई तिहाइ मत ल्याउने सपना ध्वस्त हुने दाबी समेत गरे। पौडेलले कम्युनिष्टहरु सधै समस्या मात्रै जन्माउने पार्टी रहेको तर कांग्रेस पार्टी समस्या समाधान गरी बिकास निर्माणलाई प्राथमिकता दिदै अगाडि बढ्ने पार्टी रहेको ठोकुवा गरे ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रिय एवंम् तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ नवलपरासीका उम्मेदवार समेत रहेका नेता देबेन्द्रराज कण्ंडेलले आमसभालाई सम्बोधन गर्दै महेशपुर भन्सार नाकालाई ब्यवस्थित गर्ने धार्मिक क्षेत्र त्रिबेणी धामलाई प्रदेश न. ५ मानै ल्याउने आफ्नो प्रमुख चुनाबी एजेन्डा रहेको बताए ।
नेता कंडेलले नवलपरासी जिल्लामा पर्ने त्रिबेणी, पन्डितपुर, देवदह ताल लगायतका धार्मिक स्थलहरुलाई प्रमुख पर्यटकिय गन्तब्य स्थल बनाई आन्तरिक तथा बाह्रय पर्यटकहरु भित्राउनका लागि आफुले जोड दिनुभयो । साथै सुर्यपुरा पावर हाउसलाइ पुन संचालनमा ल्याउने तथा नवलपरासीका सम्पुर्ण हुलाकी राजमार्गहरु कालोपत्रे गर्ने र परासी सुनवल भुमहि हुदै पाल्पा, पोखरा जोड्ने ट्रयाक निर्माण गरी नवलपरासी जिल्लालाई प्रमुख ब्यापारिक केन्द्र बनाउने कण्डेलले प्रतिबद्धता समेत ब्यक्त गरे ।