मतदानस्थल र गणनास्थलमा दलको प्रतिनिधि राख्न नदिइने
उम्मेदवारको एक जना प्रतिनिधि मात्रै
प्रकाशित २०७४ मंसिर ९ शनिबार
756
Shares
काठमाडौं । मतदान र मतगणनामा दलीय प्रतिनिधि राख्ने विषयमा विवाद हुन थालेपछि निर्वाचन आयोगले नयाँ निर्णय सर्कुलर गर्दै छ ।
वाम गठन्धनमा आवद्ध दलहरुले मतदानस्थल र मतगणनास्थलमा दलीय प्रतिनिधि राख्न पाउनु पर्ने विषय झिकेपछि आयोगले नयाँ सर्कुलर गर्न लागेको हो ।
आयोगले गठबन्धन वा दलीय प्रतिनिधि भइ उम्मेदवारको एक जना मात्रै प्रतिनिधि राख्न सकिने निष्कर्ष निकालेको छ । नुवाकोट लगायतका जिल्लाहरुबाट यो विषय उठान भएपछि आयोगले विकल्प खोजेको हो ।
वाम गठबन्धनमा आवद्ध दलहरुले दलीय प्रतिनिधि राख्न पाउनु पर्ने माग गरेका छन् । आयोगले दलीय प्रतिनिधि राख्न नसक्ने प्रस्ट्याएको छ ।