arrow

विप्लव माओवादीले राखेको बम सेनाले पार्यो निष्क्रिय

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
bom_photo.jpg

मलेखु । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै शनिबार सकेट बम फेला परेको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको सो बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

मतदान केन्द्र नजिकै ३०० मिटर पर मानिस हिँड्ने बाटोमा बिहान बम भेटिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । 

बम निष्क्रिय पारेपछि सो क्षेत्रमा सेना परिचालन गरिएको छ । यसैबीच मतदातालाई सुरक्षितरुपमा मतदान गर्न आउन र जिल्लाभर नै सुरक्षाको प्रत्याभूति गरिएकाले निर्धक्क मतदान गर्न आउन प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले आग्रह गरेका छन् । 

निर्वाचनको तयारी सकिएकाले मतदानपछि १२ मतदानस्थलका १७ मतदान केन्द्रका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ढुवानी व्यवस्था मिलाइएको पनि भण्डारीले जानकारी दिए । 

यसैबीच निर्वाचन आयोगका आयुक्त इला शर्माले शनिबार धादिङको अनुगमन गर्दै निर्वाचन तयारीबारे जानकारी लिएकी  छन्  । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ