arrow

झापा जिल्लाका काँग्रेस सभापतिको घरमा बम विष्फोट 

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
Jhapa_District.png

झापा । नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा बम विष्फोट भएको छ । 

मध्यरात १२ बजे बम विष्फोट भएको हो । विष्फोटबाट उनको घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नम्बरको बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । 

केही समयअघि उनलाई ज्यानको जोखिम भएपछि प्रहरीले सुरक्षा बढाएको थियो । 

तर उनको सुरक्षामा खटिए पनि घरमा भने खासै सुरक्षा नदिंदा ज्यानको चुनौती फेरि बढेको छ । 

विष्फोटअघि उनलाई कसैले कुनै धम्की नदिएको बताइएको छ । 

यो घटनाको जिम्मा भने कसैले पनि लिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ