arrow

ताप्लेजुङको तीनै सिटमा कांग्रसको पल्ला भारी

योगेश भट्टराईले गरे आचारसंहिताको उल्लङ्घन

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार

कार्तिक। काठमाडौंमा दुई पटक चुनाव हारेका एमाले सचिव योगेश भट्टराई आफ्नो राजनिती धरापमा परेपछि ताप्लेजुङ आएको भन्दै मतदाता आक्रोसित भएका छन् । उनीहरुले योगेशलाई भोट नदिने समेत बताएका छन् ।

योगेशले हालसम्म जिल्लाको लागि केहि पनि नगरेकोले उनलाई जिताउनुको अर्थ नरहेको मैवाखोला गाउँपालिकाका एक मतदाताले बताए । योगेशले ‘म ताप्लेजुङको लागि विकास गर्छु’ भनेर जनतालाई ढाँटिरहेको उनले बताए । योगेशले जिते काठमाडौ गएर बस्ने र जिल्लाका जनता भन्दा आफ्नो स्वार्थ पूरा गर्न लाग्ने भन्दै उनीहरु जिल्लामै बस्ने केशवप्रसाद दाहाललाई अत्याधिक मत जिताउन आतुर रहेको बताउँछन् ।

 दाहालले जिल्लाका प्रत्येक गाउँका जनताको समस्या बुझेको र दुःख पर्दा साथ दिएकाले दाहालल सहित कांग्रेसका उम्मेदवारहरु लिला बोखिम र दिपेन्द्र सेन्दाङले जितेमात्र जिल्लाको विकास हुने सर्वसाधारणको विश्वास छ । जिल्लाका अधिकांश मतदाताले योगेशलाई ‘टुरिष्ट’ उम्मेदवारको संज्ञा दिएका छन् । त्यसको साथै वाम गठबन्धनभित्र ठूलो आन्तरिक द्धन्द रहेकाले पनि असन्तुष्टको मत कांग्रेसलाई जाने देखिएको छ ।

 योगेश काठमाडौबाट निर्वाचनको बेलामा मात्र जिल्ला आएर आफूहरुको अवसर खोसेको भन्दै एमालेकै केहि नेताहरु पनि असन्तुष्ट छन् । त्यसकारण पनि योगेश हार्ने निश्चित देखिएको हो । २५ वर्षदेखि एमालेले जित्दै आएको क्षेत्र नं २ मा हालसम्म केहि विकास नगरेको त्यहाँका मतदाताले गुनासो छ । ‘यतिञ्जेलसम्म एमालेलाई जितायौं, आफ्नो स्वार्थ पुरा गर्न बाहेक गाउँको केहि विकास गरेरनन्, अब कांग्रसको जित अनिवार्य छ ।’ एक सर्वसाधारणले भने ।


साथै चुनाव हुन तीन दिनमात्र बाँकी रहँदा कांग्रसमा प्रवेश गर्नेको लर्को लागेको छ । हालसम्म ३५०० बढी एमाले नेता तथा कार्यकर्ता कांग्रसमा प्रवेश गरिसकेको र प्रवेश गर्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ । निर्वाचनको नजिक एमाले–माओबादीका धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रबेश गर्ने लहर बढेपछि कम्युनिष्ट गठबन्धन आत्तिन थालेको काँग्रेसले जनाएको छ ।

 गाउँमा गरिएका प्रत्येक आमसभा र घरदैलो कार्यक्रममा दिनहुँ २ सय भन्दा बढीको दरले प्रवेश गरिरहेका हुन् । पटक पटक जितेको एमालेले बिकास निर्माण तथा कृषि, पर्यटन लगायतका कुनैपनि क्षेत्रमा काम नगरेकाले अबको निर्वाचनमा नेपाली काँग्रेसमा उचित, उर्जावान, सालिन र विकासवादी नेता पाएकाले यहाँका अन्य दलका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढेको काँग्रेसका एक नेताले बताए ।

मंगलबार वाणिज्यमन्त्रि मिन विश्वकर्माले सम्बोधन गरेको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङको चुनावी सभामा सयौंको संख्यामा कांग्रेसमा प्रवश गरेका थिए । जनताप्रेमी र विकासप्रेमी नेताहरु कांग्रसमा रहेकाले जिल्लाको विकास कांग्रसको नेतृत्वमा मात्र हुनसक्ने ठहर गरि कांग्रेस प्रवेश गरिको एमाले छाडेका एका जिल्लास्तरका नेताले बताए ।

ताप्लेजुङमा गठबन्धन विरुद्ध कांग्रेस एक्लै चुनावी मैदानमा छ । उसले जिल्लाको समग्र विकासको लागि उत्तर दक्षिण नाका खोल्ने, तामोर करिडोर सडक निर्माण, प्रत्येक गाउँमा सहक पुर्याउने, प्रत्येक गाउँमा अस्पताल र क्याम्पस खोल्ने जस्ता जनपक्षिय एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएको छ ।

त्यस्तै जिल्लामा सबैभन्दा बढी योगेश भट्टराईले आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । उनले सार्वजनिक स्थलहरुमा, विद्यालयमा, आफ्नो पर्चा टाँस्न लगाएका छन् । निर्वाचन आचारसंहिता विपरित योगेशले ठूला ठूला फ्ल्यासप्रिन्टहरु टाँसेका छन् । योगेशको यस्तो कार्यको जिल्लावासीले विरोध गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ