arrow

उदयशम्शेर र चन्द्र महर्जनले ललितपुरमा राम्रा काम गरेका छन् : अमात्य

राजनीतिको नाममा दलाली गर्नेलाई जनताले भोट दिदैनन्

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
Madan_Amatya_.jpg

ललितपुर । नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले राजनीतिको नाममा दलाली गर्नेलाई जनताले भोट नदिने वताएका छन् । बिहिबार ललितपुरको खोकनामा भएको घरदैलो कार्यक्रमपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै अमात्यले यस्तो वताएका हुन् ।
 
नेपाली कांग्रेसले ललितपुरका ३ वटै क्षेत्रमा जित हासिल गरेपछि धेरै महत्वपूर्ण कामहरु भएको र जनताको सुख, दुखमा आफुले साथ दिएको उल्लेख गर्दै अमात्यले भने, ‘हामी जनताको सेवाका लागि राजनीतिमा आएका हौं । राजनीतिमा लागेर व्यक्तिगत स्वार्थ पूरा गरौंला भनेर राजनीतिमा लागेको हैन । राजनीतिलाई पेशा बनाएर खानु छैन । व्यक्तिगत स्वार्थ पूरा गर्नु छैन ।’

खरो स्वभावका अमात्य भन्छन्, ‘ म पार्टी सभापति भएर २०७० सालमा ललितपुरका ३ वटै क्षेत्रमा जिताएको हुँ । यस पटक पनि जिताएरै छोड्छु । यहाँ मैले मात्रै जित्ने कुरा हैन । देशै भर कांग्रेसले जित्नु पर्छ, ललितपुरका ९ वटै स्थानमा नेपाली कांग्रेसले जित्नु पर्छ ।’ ललितपुरबाट जितेर गएका कांग्रेसका सांसदले भ्रष्ट्राचार नगरेको दावी गर्दै अमात्यले भने, ‘२०७० मा जितेका हामीले आफ्नो स्वार्थमा लागेनौं, उदयशम्शेर र चन्द्र महर्जनजीले पनि राम्रै काम गर्नु भएको छ । कान्तिलोक पथको काम राम्रै गतिमा अगाडि वढेको छ । विकास निर्माणका कामहरु राम्रैसंग अगाडि बढेका छन् । त्यसकारण पनि जनताले हामीलाई विश्वास गर्छन् ।’

जनताले कसैलाई नेता वनाएर व्यक्तिगत स्वार्थ पूरा गराउनका लागि भोट नहाल्ने वताउँदै अमात्यले भने, ‘ कसैलाई नेता वनाएर सत्तामा पुर्‍याउनका लागि जनताले भोट हाल्दैनन्। जनता सचेत छन्, जनताले विकास चाहेका छन् । शान्ति चाहेका छन्। स्थायित्व चाहेका छन्। रोजगार चाहेका छन् । त्यसका लागि भोट हाल्छन् । कसैलाई नेता वनाएर पैसा कमाउनका लागि भोट हाल्दैनन् । शासक बन्नका लागि भोट हाल्दैनन् । ’ २०४८ सालदेखि  २०६४ सालसम्म निरन्तर जितेर पनि केही काम नगरेको प्रति अमात्यको चर्को आक्रोश थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ