एमालेले विकासको नाममा जनताको अधिकार माथी राज गरेको छ : चन्द्र के.सी.
प्रकाशित २०७४ मंसिर ६ बुधबार
202
Shares
काठमाडौं । नेपाली काँग्रेसका गुल्मी निर्वाचन क्षेत्र नं.२ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र के.सी. र सोही क्षेत्र प्रदेश नं. २ का उम्मेदवार छन्द बहादुर पहराई चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन । चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानको क्रममा धुर्कोट गाँउपालिका पिपलधाराको शुफ्ल, बङजेङ–कटौजे र नयाँगाँउमा पुगेका छन ।
उक्त अभियानको क्रममा नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका उम्मेदवार चन्द्र के.सी. , पदेश सभा उम्मेदवार छन्द बहादुर पहराई, राप्रपाका पूर्व जिल्ला सभापति भरत बहादुर चन्द, नेपाली काँग्रेसका उप–सभापति विष्णु बलाल, सचिव विष्णु कुमारी सापकोटा, जिल्ला सदस्य महेन्द्र प्रसाद भण्डारी, जिल्ला सदस्य थम्मन के.सी., शुसीला भुसाल, शैलेन्द्र के.सी., नविन जि.सी., शिव खत्री, पूर्ण बहादुर खड्का, राप्रपाका नेता सर्वण कुमार नेपाली नेविसंघ नेता अर्जुन पोखरेल र विक्रम पन्थी लगायतको उपस्थिती थियो ।
अभियानको क्रममा उम्मेदवार के.सी.ले २० औं वर्षसम्म कम्युनिष्टले शासन गर्दा पनि यो क्षेत्रमा विकासका कुनै पनि काम गर्न नसकेको आरोप लगाए । उम्मेदवार के.सी.ले भने नेपाली काँग्रेसले जितेको साविकको क्षेत्र नं. २ मा भएका विकासका गतिविधी र साविकको क्षेत्र नं. ३ मा भएको विकासलाई हेर्ने हो भने नेकपा एमालेले विकासको नाममा जनताको अधिकार माथी राज गरेको कुरा बताए ।
उम्मेदवार के.सी.ले त्यहाँ देखिएका समस्याहरु मोटरबाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात नेपाली काँगे्रसको पहलमा र आफुले मात्र समाधान गर्ने बताए । उनले कम्युनिष्टले जनतालाई अधिकारबाट बञ्चित गराएर जनता माथि भ्रमको राजनीति गरेको आरोप पनि लगाए । कम्युनिष्टले अनेक आश्वसन देखाएर चुनाव जित्ने र जितेर गएपछि आफुले देखाएका आश्वासन भुल्ने भन्दै केसीले यस क्षेत्रमा सुन्तला उत्पादन र कृषिमा आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सभा नं. २ का उम्मेदवार छन्द बहादुर पहराईले आफु यहि क्षेत्रको एउटा गरिब परिवारको सन्तान भएको कारणले आफूसधैँ गरिब परिवारको जीवन स्तर उकास्न तर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन । पहराईले अब यस क्षेत्रको विकास नेपाली काँग्रेस विना कुनै पनि पार्टीले गर्न नसक्ने बताएका छन् ।