व्यालेटबाट कम्युनिष्ट शासन व्यबस्था ल्याउने सपना नदेख्न एमाले माओवादीलाई खाँणको चेतावनी
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
387
Shares
रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले ब्यालेटबाट कम्युनिष्ट शासन व्यबस्था आउन नसक्ने बताएका छन्। उनले व्यालेटबाट कम्युनिष्ट शैलीको शासन व्यबस्था ल्याउने सपना नदेख्न पनि एमाले माओवादीलाई चेतावनी दिए ।
नेपाली काँग्रेस निर्वाचन परिचालन समिति केन्द्रीय मतदान प्रशिक्षण समन्वय उपसमितिको आयोजनामा मंगलबार बुटवलमा भएको मतदान प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खाँणले सो चेतावनी दिएका हुन्।
निर्वाचन घोषणा भएपछि काँग्रेसको जनआधार र माहौल बनेको देखेकै कारण बाम गठबन्धन बनेको उल्लेख गरे । उनले एमाले —माओवादीको कम्युनिष्ट शासन व्यबस्था ल्याउने कुराले सामान्य तटस्थ मतदातामा ठूलो सन्त्रास फैलिएको बताउँदै भने, “कम्युनिष्ट शैलीको शासन व्यबस्था व्याटेटबाट आउँदैन, बन्दुकबाट आउँछ ।”
आसन्न निर्वाचनका लागि एमाले माओवादीको बाम गठबन्धनले उद्योगी व्यबसायी तथा आम नागरिकलाई ठूलो सन्त्रास पैदा गराएको बताउँदै उनले एमाले माओवादी गठबन्धनको सन्त्रासबाट कत्तिपनि विचलित नहुन आग्रह गरे।
पूर्व मन्त्री समेत रहनु भएका नेता खाँणले भने, “नेपाली काँग्रेस कमजोर हुँदा राष्ट्रियता, लोकतन्त्र पनि कमजोर हुने र शान्ति प्रकृयामा पनि बाधा व्यबधान आउने हुनाले राष्ट्रियता, लोकतन्त्र र शान्ति प्रकृयालाई मजबुद बनाउन नेपाली काँग्रेस बलियो पार्नुपर्दछ । निर्वाचनमा कांग्रेसलाई अध्यधिक बहुमतले जिताउन आवश्यक छ ।”
नेता खाँणले आसन्न प्रतिनिधि निर्वाचनमा प्रत्यक्ष तर्फका १ सय ६५ सिट प्रतिनीधि सभामा नेपाली काँग्रेसले ८० सिटमा जित हासिल गर्ने दावी गरे । उनले निर्वाचनमा बदर मत रोक्न सके यो संख्या पनि ह्वात्तै बढ्ने जिकिर गरे । समानुपातिकमा ४५ प्रतिशत नेपाली काँग्रेसले ल्याउने दावी गर्दै लोकतानित्रक गठबन्धनबाट पनि सबै ठाउँमा जित हासिल गरे नेपाली काँग्रेसले सजिलै सरकार बनाउने नेता खाँणले उल्लेख गरे ।
निर्णायक राजनीतिक घटनाक्रममा नेपाली काँग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको र जारी संविधान पनि नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएकाले संविधानको कार्यान्वयन गर्ने दायित्व पनि नेपाली काँग्रेसकै भएको उनले उल्लेख गरे ।
उक्त प्रशिक्षण कार्यक्रममा पाँच नम्बर प्रदेशका बिभिन्न जिल्लाबाट १ सय ७० जना सहभागि थिए । उनीहरुलाई नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि अधिवक्ता अनिता शर्माले प्रशिक्षण दिएको केन्द्रीय मतदात प्रशिक्षण समन्वय उपसमितिका सदस्य कुलप्रसाद लामिछानेले जानकारी दिए ।
उद्योगी व्यबसायी खुलेरै काँग्रेसको पक्षमा
बुटवलका उद्योगी व्यबसायीहरुले नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् ।
उद्योगी व्यबसायीको पक्षमा नेपाली काँग्रेस रहेको र नेपाली काँग्रेसको अर्थ नीतिका कारण पनि उसको जित आवश्यक रहेको भन्दै उनीहरुले आम उद्योगी व्यबसायीलाई नेपाली काँग्रेसलाई भोट दिन आग्रह गरेका हुन्।
मंगलबार बुटवल उद्योग बाणिज्य संघमा भएको उद्योगी व्यबसायी भेलामा बोल्ने उद्योगी व्यबसायीहरुले एमाले नेता विष्णु पौडेल पटक पटक मन्त्री भएपनि आफूहरुले गरेको आग्रहलाई वेवास्ता गरेको स्मरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले नेपाली काँग्रेस उद्योगी व्यबसायीको पक्षमा रहेको र संघकै निवर्तमान अध्यक्ष महेशमान सिंहलाई उम्मेदवार बनाएकाले पनि नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउने दायित्व उद्योगी व्यबसायीसंग भएको प्रष्ट पारे।
त्यस्तै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले एमाले माओवादी बाम गठबन्धनका नाममा साम्यवादी व्यबस्था ल्याउने तयारी गरिरहेकाले व्यक्तिगत तथा व्यबसायिक स्वतन्त्रताकालागि पनि नेपाली काँग्रेसको जित अनिवार्य सर्त भएको बताए ।
कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं. २ का प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले नेपाली काँग्रेस सधै उद्योगी व्यबसायी र उदार अर्थनीतिको पक्षमा रहेकाले व्यक्तिगत स्वतन्त्रताको रक्षाकालागि पनि नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरे।
उद्योगी व्यबसायी परिचालन समितिका संयोजक हिराप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, सदस्य सचिव तथा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बोनिन पिया, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, नारायण खनाल, चन्द्रकान्त खनाल लगायतले धारणा राखेका थिए।
तिलोत्तमामा पार्टी प्रवेश
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ का १९ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष समेत रहनु भएका रुपन्देही क्षेत्र नं. २(क)का प्रदेश सभा उम्मेदवार काजिमान श्रेष्ठले अवीर र र मालाले स्वागत गर्दै मुलुकको लोकतान्त्रिक व्यबस्थालाई अंगाडी बढाउने दायित्व नेपाली काँग्रेसको भएको बताए ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले एमाले नेताहरु खोपीका राजाहरु जस्तै भएको आरोप लगाउँदै बिकास निर्माणकालागि नेपाली काँग्रेसका नेताहरु सहज पहुँचमा हुने दावी गरे । उनले जनताले बिकास चाहेको बताउँदै बिकासकालागि नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताए ।