arrow

जनताले फरक फरक व्यक्ति खोज्छन् : नेता विसि

logo
घनश्याम पौडेल,
प्रकाशित २०७४ मंसिर ३ आइतबार
bc.jpg

सन्धिखर्क। नेपाली काँग्रेसका नेता तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा रामबहादुर विसीले जनता कसैका रैथाने नहुने बताउँदै जिल्लाबासीले टोपबहादुरलाई दुई दुई पटक अबसर दिएकाले यसपाली नयाँ उम्मेदवार जनताले खोजेको बताएका छन् ।

 नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले केरूंगामा र दूईले खाचिँकोटमा गरेको आमसभालाई सम्बोधन गर्दै नेता विसिले  अर्घाखाँचीको विकास गर्न आफु उम्मेदवार वनेको बताउदै आगामी ५ बर्षमा देसकै नमुना जिल्ला बनाउने बताए ।  अर्घाखाँची तथा देसलाइ समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम काँग्रेससंग मात्र भएको उल्लेख गरे।

प्रदेश सभा दुईका उम्मेदवार हिम्मतबहादुर टण्डनले काँग्रेससँग मात्र क्षेत्र नम्बर दुई तथा जिल्लाको विकास गर्ने योजना भएकाले काँग्रेसलाई विजयी बनाउनुपर्ने बताए । उनले लोकतन्त्रको रक्षा गर्न काँग्रेसको जीत अपरिहार्य रहेको बताए ।

क्षेत्र नम्बर १ को केरूगांमा भएको कार्यक्रममा मन्तब्य राख्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री मानबहादुर विश्वकर्माले लोकतन्त्र रोज्ने कि तानासाह रोज्ने भन्ने जिम्मा मतदाताहरुको रहेको बताए ।  

उनले अर्घाखाँचीलाइ ५ बर्षमा देशकै नमुना जिल्ला बनाउन काँग्रेस लागि परेको  जस्कालागि काँग्रेसलाइ जिताउन अपरिहार्य रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ