'देश समृद्ध बनाउन सक्ने क्षमता काँग्रेससँग मात्रै छ'
प्रकाशित २०७४ मंसिर ३ आइतबार
493
Shares
काठमाडौं । नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधि सभाका उम्मेदवार अभिषेक प्रताप शाहले नेपाली काँग्रेसको जित सुनिश्चित रहेको दाबी गर्दै जित्ने देखेपछि वाम लगायत अन्य पार्टी आत्तिएको बताए । कपिलवस्तुको कृष्णनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै शाहले नेपाली काँग्रेसको जनलहर भएकोले अन्य पार्टी डराएको बताए।
युवा नेता शाहले हामीले उत्कृष्ट सविधान बनाएका छौं अब विकास गर्ने पालो आएको छ त्यसैले नेपाली काँग्रेसलाई भोट दिन आग्रह गरे। देश समृद्ध गराउन नेपाली काँग्रेसले मात्र गर्न सक्ने दाबी गरे । लोकतन्त्रको रक्षा र आफ्नो क्षेत्रको विकास नै चुनावी एजेण्डा भएको शाहले बताए । क्षेत्रीय पार्टीबाट १० वर्षसम्म मधेशीको अधिकारको लागि आवाज उठाएपनि क्षेत्रीय पार्टीबाट सम्भव नभएकाले नेपाली काँग्रेसले अब मधेशमा विकासले गति लिन बताए।
त्यस्तै, कार्यक्रमलाई सम्बोदन गर्दै नेपाली काँग्रेस नेता ३–१ का विधायक पदका उम्मेदवार अजय थापाले मधेस र पहाडको भवनात्मक एकताले मात्र देश मजवुत हुने बताउँदै कपिलवस्तुको समृद्धिका लागि काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले आफ्नो चुनावी अभियान तीब्र पारेको छ । नेपाली काँग्रेस कपिलवस्तुको क्षेत्र नं ३ का प्रतिनिधी सभाका उम्मेदवार अभिषेक प्रताप शाह, क्षेत्र नं ३–१ का विधायक पदका उम्मेदवार अजय थापा लगायत नेपाली काँग्रेसका कार्यकर्ताले चुनावी अभियानलाई तीव्र पारेका छन् । नेपाली काँग्रेसका कार्यकर्ता उदयपुर, भलवारी, जवभारी, बेउवा, सुरहनीयामा प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ ।