देशलाई संकटबाट मुक्त पार्न लोकतन्त्रको पक्षमा जनमत उर्लिएको छ : देउवा
टेकराज अवस्थी,
प्रकाशित २०७४ मंसिर ३ आइतबार
747
Shares
आलिताला(डडेल्धुरा ) । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले देश अहिले गम्भीर मोडमा उभिएकाले देशलाई कम्युनिष्टहरुको त्रासबाट बचाउन लोकतन्त्रको पक्षमा जनमत अझ बढ्ने बताएका छन् ।
सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले आईतबार गृह जिल्लाको आलितालामा आयोजित चुनावी सभामा बोल्दै सो कुरा बताएका हुन् । पूर्वको ताप्लेजुङ्बाट चुनावी अभियान थालेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका अधिकांश जिल्लाको चुनावी प्रचारको क्रममा लोकतन्त्रको पक्षमा जनता उर्लिएर आएको बताए ।
उनले झण्डै ७० बर्षको संघर्षले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र सहितको वर्तमान संसदीय व्यवस्थालाई कम्युनिष्टहरुबाट जोगाउन जनता आफै अग्रसर भएको पनि बताए । उनले यो चुनावमा नेपाली काँग्रेसले बहुमत ल्याउने दावी पनि गरे।
उनले केही परिबर्तन बिरोधी समूहहरुको निर्वाचन हुन नदिन जनताका प्रतिनिधिमाथि छानी छानी आक्रमण गरिरहेकोमा आपत्ति जनाउदै उम्मेदवारमाथिको अराजक हमला तत्काल बन्द गर्न चेतावनी दिए ।
आलितालमा आयोजित आम सभामा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रका पोलिब्यूरो सदस्य तथा प्रस्तावित समानुपातिक तर्फका उम्मेदवार जगत पार्की , नेकपा माओबादी केन्द्रका पूर्व जिल्ला ईन्चार्ज जनक कलौनी सहित ७ सय ७६ जना नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।