नेपालीहरुलाई रैतिबाट नागरीकको अधिकार दिलाउनेनै कांग्रेस हो : नेतृ यादव
विभिन्न पार्टी परित्याग गरी दुई हजार कार्यकर्ता कांगेसमा प्रवेश
प्रकाशित २०७४ मंसिर २ शनिबार
666
Shares
वीरगंज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र अन्तर्गत वीरगंज महानगरपालिकाको विभिन्न वडा गरी विभिन्न पार्टी परित्याग गरी दुई हजार भन्दा वढीको संख्यामा नेपाली कांग्रसमा प्रवेश गरेका छन् ।
वीरगंज महानगरपालिका को वडा नं. १४ पिप्रा, वडा नं. १५ मुर्ली, वडा नं. १६ इनर्वा र वडा नं. २१ परवानीपुरामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस मा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा सव भन्दा धेरै संघिय समाजवादी फोरम र एमालेका कार्यकर्ताहरु रहेका छन् । त्यस्तै राजपा र माओवादीबाट पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुले एमाले मधेश विरोधि पार्टी भएकोले हामी एमाले परित्याग गरेको वताएका छन् । त्यस्तै नव प्रवेशीहरुले देश को एक मात्र पार्टी नेपाली कांग्रेसले देश,मधेश र जनता को हक हितमा सोच्ने भएकोले हामी कांग्रेसमा प्रवेश गरको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव ले नेपाली कांग्रेस यो देशको राजनिती गुरुहो देशमा राजनितीको विजारोपणनै नेपाली कांग्रेसले गरेको बताउदै यो देशमा नेपालीहरुलाई रैतिबाट नागरीकको अधिकार दिलाउनेनै कांग्रेस पार्टी भएको बताइन् ।
वनले काग्रेस आफ्ना स्थापना काल देखीनै जनताका हक अधिकारका लागि लडदै आई रहेको बताउदै नेपालका नागरीकले प्रप्त गरेका हक र अधिकारहरु नेपाली कांग्रेसकै आन्दोलनको उप्लब्धी भएको बताइन् । अहिले मुलुक संकटकालमा परेको छ । बाम उग्रवाद र मधेश उग्रवादको विच बाट मुलुकमा संमृधि कांग्रेसले नै ल्याउने भएको कारण कांग्रेसका उम्मेदवारहरुलाई भारी बहुमत बाट विजय गराउन अहवान गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अजय दुवेद्धिले अहिलेको वर्तमान अवस्थामा नेपाली कांग्रेसले मात्र देशमा समृधि ल्याउन सक्ने भएकाले नेपिली कांग्रेसका उम्मेदवारहरुलाई भारी भहुमतले विजयी गराउन अनुरोध गरे।
प्रतिनिधी सभा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुगंटाले अहिले मुलुक जटिल अवस्थाबाट गुजरी रहेको कारण अरुले स्थान पाए देश संकटमा पर्ने बताउदै मुलुकको समृधि र मधेशीको हक अधिकार काग्रेसलेनै दिलाउन सक्ने भएकोले कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन अनुरोध गरे ।
पार्टी प्रवेश कार्यक्रममा नव प्रवेसीहरुलाई नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव , पार्टी सभापति अजय दुवेद्धि र क्षेत्र नं. १ का प्रतिनिधि सभाको उम्मेदवार अनिल रुगंटाले संयुक्तरुपमा अबिर माला लगाई पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा प्रदेश सभाका उम्मेदवार रामनारायण कुर्मी लगायत नेविसंघ तरुण दल तथा महिला संघका हजारौको संख्यामा उपस्थिती रहेको थियो ।