arrow

कम्युनिष्ट गठबन्धनलाई परास्त नगरे लोकतन्त्र खतरामा रहेको बिष्टको भनाइ

logo
सुशील भण्डारी,
प्रकाशित २०७४ मंसिर २ शनिबार
maoist_flag.jpeg

अछाम । प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार राम बहादुर बिष्टले कम्युनिष्ट गठबन्धनलाई परास्त नगरे लोकतन्त्र खतरामा रहेको बताएका छन् ।  नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ तुर्माखाद गाउपालिकामा भएको लोकतान्त्रिक गठबन्धनको संयुक्त आमसभालाई संबोधन गर्दै पुर्व सांसद समेत रहेका बिष्टले कम्युनिष्ट गठबन्धनले लोकतन्त्र लाई ध्वस्त पार्न लागेकोले अब कम्युनिष्टगठबन्धन लाई परास्त गर्न लोकतान्त्रिक वादी शक्ति लागेको बताए ।

 टेक बहादुर बयकको सभापतित्वमा भएको आमसभाको विशिष्ट अतिथिको आशन बाट बोल्दै पुर्ब सांसद अक्कल बहादुर बिष्टले कम्युनिष्ट गठबन्धनले बिकाश निर्माणका कार्यहरूमा बाधा पुर्यायकाले अब आर्थिक विकास र समृद्धीका लागी कांग्रेसको जित आवश्यक रहेको बताए  ।

 कार्यक्रममा बोल्दै पुर्व पार्टी सभापति एबम प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेदवार पुष्प बहादुर शाहले आफू अछाम जिल्ला को बिकाशको लागी सधै लागी परेको र आगामि मंसिर २१ गते हुने चुनावमा आफ्नो जित हाशिल भएमा अछाम जिल्ला को पुर्ण बिकाशका लागि आफू झनै कट्टिबद्द रुपमा लाग्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ