विपीको सपना पूरा गर्न यहां आएको हुं : ज्ञानेन्द्र कार्की
प्रकाशित २०७४ मंसिर २ शनिबार
494
Shares
ईनरुवा । प्रदेश नम्बर एकबाट प्रतिनिधि सभाका लागि सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले आफू विपी र गिरिजा प्रसाद कोइरालाको कर्म भुमिमा आएको बताएका छन् ।
कार्कीले भने विपी र गिरिजाप्रसाद कोइरालाका बांकी सपना पूरा गर्न भोजपुरबाट यहां आएको हुं । शनिवार ईनरुवा नगर पालिकाको वडा नम्बर ३ स्थित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वनले अब यहिनै आफ्नो बांकी जिवन विताउने पनि बताए ।
उनले अहिलेको चुनावमा मुख्य रुपमा यस क्षेत्रको विकास प्रमुख उद्येश्य रहेको बताए । “यो क्षेत्रको जिम्मा मैले मात्र लिन सक्छु र यो क्षेत्रको विकासलाई राष्ट्रिय राजनितिमा मैले मात्र लान सक्छु” भेलालाई सम्बोधन गदै वनले भने “यो क्षेत्रबाट म निर्वाचित भएमा यो क्षेत्रको विकास पांच वर्षमा चारवटा क्षेत्र रहेको यो क्षेत्रलाई एक नम्बर बनाउनेछु ।”
नेपाली कांग्रेसको जित सुनिश्चीत भएकोले अब विलम्व नगरीकन जनताको घरदैलोमा पुग्नुपर्ने उपस्थित कार्यकर्तालाई निर्देशन दिए । आफूलाई विपक्षीले बाहिरबाट आएको भन्दै झुटो प्रचारवाजी गरेकोमा दुख व्यक्त गर्दै भने –“म यहांको लागि कुनै नौलो व्यक्ति होईन भोजपुरमा मेरो जन्म भएपनि कर्मभुमी वा घरबार यहि प्रकाशपुरमा भएको हो ।”
नेपाली जनतालाई सम्पन्नता दिलाउने मेरो आवश्यकता भएकोले आफूलाई बहुमतले निर्वाचित गराउन वनले आग्रह गरे। यदि यस पटकको निर्वाचनमा लोकतन्त्रलाई विजय गराउन नसकिएमा अन्तत न्याउरी मारी पछुतो मात्र हुने बताए । कार्यक्रममा दुई दर्जन युवालाई वनले नेपाली कांग्रेसमा प्रवेश गराएका थिए ।