विकासको अभिभारा कांग्रेसले मात्र पूरा गर्न सक्छ : बीसी
प्रकाशित २०७४ मंसिर २ शनिबार
699
Shares
सन्धिखर्क(अर्घाखाँची) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेद्धार डाक्टर रामबहादुर विसीले नेपाली जनताले ७ दशक लामो संघर्ष गरेर ल्याएको लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजाने अभिभारा नेपाली कांग्रेसले मात्र पूरा गर्ने बताएका छन् ।
पाणिनी गाँउपालिकाको पोखरीथोकमा आयोजित चुनावी सभालाई संबोधन गदै उनले सो कुरा बताएका हुन् । उनले जिल्लाको विकासको लागि पनि देशमा राजनीतिक स्थिरता चाहिने र कम्युनिष्टहरु संविधानसभाले टुंगो लगाईसकेको राजनीतिक व्यवस्थालाई खल्बल्याउन लागिपरेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक क्रान्ति सफल भैसकेकोले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने र चुनावपछि बन्ने कांग्रेसी सरकारले विकास निर्माण र आर्थिक उन्नतिलाई जोड दिने पनि बताए ।
उनले जिल्लाको पोखराथोक र पटौटीका बासिन्दालार्इ ढोरपाटन सड्कले सुविधा पुगेको बताउदै ढोरपाटन सडकको परिकल्पना र सर्भे गर्न स्वर्गिय काशिनाथ गौतमको योगदान रहेको चर्चा गरे। प्रदेश सभा (ख)का उम्मेदवार हिम्मतबहादुर टण्डनले विकासका लागी आफ्ना प्रतिस्पर्धीले भन्दा आफुले धेरै काम गर्न सक्ने भएकाले मतदाताहरुले आफुलाई रोज्ने बताए ।
उनले कांग्रेसले अरु पाटीले जनतालाई झुठा आश्वसन मात्र दिने गरेको गाँउ र शहरको विकास कांग्रेसको पालामा मात्र भएको पनि स्पष्ट पारे।
क्षेत्रीय सभापती तथा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले पाणिनिको विकासका लागी नेपाली कांग्रेसले कुनै कसुर बाकी नराखेको र आउँदो दिनमा पनी २४ सै घण्टा पाणिनिको विकासमा लाग्ने बताए ।
कार्यक्रममा पुर्व जिल्ला उपसभापति श्यामनाथ काश्यप, महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेल, पोखराथोक सभापती रामप्रसाद गौतम, मैदान सभापति शालीकराम घिमिरे, वडा अध्यक्ष नेत्रप्रसाद भट्टराई लगाएतले देशलाई आर्थिक क्रान्तीको माध्यमबाट देसलाइ समृद्ध बनाउन कांग्रेसको जीत अपरिहार्य रहेको बताएका थिए ।
जिल्लामाप्रतिनिधी सभाका उम्मेदवार डा. रामबहादुर विसी, प्रदेश सभा (क) का उम्मेदवार विष्णु मुस्कान र (ख) का उम्मेदवार हिम्मतबहादुर टण्डनलाई जिताउन केन्द्रीय सदस्यहरु मानबहादुर विक, पुष्पा भुसाल, पुर्व मन्त्री रेवतीप्रसाद भुसाल लगायतका नेताहरु सक्रिय भएर लागेका छन् ।