जनकपुरमा विकासको ढोका खोल्न मेरो उम्मेदवारी : निधि
प्रकाशित २०७४ मंसिर २ शनिबार
449
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरलाई सांस्कृतिक, धार्मिक, शैक्षिक केन्द्र बनाउने बताएका छन् । धनुषाको मुखियापट्टि मुसरनियामा आयोजित चुनवीसभामा बोल्दै नेता निधीले समग्र जनकपुरको विकासको ढोका खोल्न आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे। उनले प्रदेश नम्बर २ लाई व्यापारिक क्षेत्र बनाउने भन्दै यसमा सबैको भुमिका महत्वपूर्ण हुने बताए ।
अहिलेको अवस्थामा नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै नेता निधी आसन्न निर्वाचनमा काँग्रेसलाई मतदान गर्न आग्रह गरे।उनले काँग्रेसले मुलुकको राजनितिक स्थायित्व कायम गरेको भन्दै अब विकासको गति अघि बढाउन काँग्रेस नेतृत्व आवश्यक रहेको बताए ।
उद्दले भद्दे,”संविधान निर्माणको काम पनि कांग्रेसको नेतृत्वमा भएको र कार्यान्वयनको पक्षमा पनि काँग्रेस गम्भीर भएको छ । ”मधेशका जनताको अधिकारलाई कुन्ठीत गरेर सविधान संशोधनको विपक्षमा एमाले उभिएको भन्दै जनताको अधिकारमाथि खेलवाड नगर्न पनि उद्दले आग्रह गउ ।