arrow

(अपडेट) काँग्रेस नेता रामशरण महतमाथि एम्बुस प्रहार, चार घाइते

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
ramsharan.JPG.jpeg

ककनी । नेपाली काँग्रेसका नेता तथा नुवाकोटका प्रतिनिधिसभा उम्मेदवार डा रामशरण महतमाथि एम्बुस प्रहार गरी मार्ने प्रयास भएको छ । 

शुक्रबार बिहान करिब १० बजेतिर निर्वाचन प्रचारको लागि हिँडेको नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं १ को प्रचार टोली चढेको सवारी साधन एम्वुसमा परेको हो । 

ककनी गाउँपालिका वडा नम्वर ५ को सिकारीचौरमा वा १६ च ६६५ नम्वरको गाडीमा गराइएको एम्बुस विष्फोटमा परी चार जना घाइते भएका छन् । 

विद्यार्थी नेता उपेन्द्र मिश्र र सविन लामा सहित ४ जना घाईते भएको काँग्रस नेता एवं प्रदेश २ का उमेदवार रमेशकुमार महतले जानकारी दिए ।

क्षेत्र नम्वर १ का उमेदवार डा रामशरण महत र प्रदेशसभा उमेदवार रमेश महतसहितको प्रचार टोली ककनीवाट चतुरालेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा एम्बुस विष्फोट गराइएको हो । 

१ नं क्षेत्रमा काँग्रेसको बढ्दो प्रभाववाट आत्तिएर काँग्रेसका उमेदवारहरुलाई नै लक्ष्यित गरी एम्वुस विष्फोट गराईएको आशंका काँग्रेसले गरेको छ ।

घटना लगत्तै ककनी प्रहरी चौकीवाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङको कमाण्डमा ३५ जना प्रहरी घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालयका प्रमुख विरेन्द्रकुमार वस्यालको टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय माओवादीको पकड क्षेत्र मानिएको ककनी काँग्रेसको पक्षमा जाँदै गरेपछि एम्बुस थापिएको बताइन्छ । 

एम्बुस आक्रमण कसले गरेको भन्ने यकिन नभए पनि माओवादीकै हात रहेको काँग्रेसले आरोप लगाएको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ