काँग्रेस उम्मेदवार भन्छन् –हामी कम्युनिष्टले जस्तो भ्रमको राजनीति गर्न जान्दैनौं
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
455
Shares
गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली काँगे्रसको चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बिहिबार मदाने गाउँपलिकाको सिर्शेनी र बाँझकटेरीमा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस गुल्मीका प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार चन्द्र के.सी. र निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ का उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी यो कार्यक्रम सम्पन्न भएको हो ।
उम्मेदवार चन्द्र र छन्दले भने, ‘जनताले काम गर्नेलाई चुन्नुपर्छ जनता माथी भ्रमको राजनीति गर्नेलाई जनताले चुन्ने छैन र चुनावको समयमा मात्र आएर जनता सामु विभिन्न भुठा आश्वसनका भाषण गर्नेलाई जनताले अहिलेको चुनावमा भोट दिने छैनन् ।’
कार्यक्रममा नेता कार्यकर्ताले भने, ‘हामी कम्युनिष्टले जस्तो भ्रमको राजनीति गर्न जान्दैनौ । हामीले जे गरेका छौं, त्यही मात्र बोल्छौ अनि जनतालाई भ्रममा पारेर भ्रमको राजनीति गर्दैनौं ।’
अब यस क्षेत्रको बिकास, सम्मुनत र समृद्धीका लागी नेपाली काँगे्रस बाहेक अन्य कुनै पनि पार्टीले गर्न नसक्ने बताएका छन् ।
कार्यक्रममा प्रतिनीधि सभाका उम्मेदवार चन्द्र के.सी., प्रदेश सभा उम्मेदवार छन्द बहादुर पहराई, नेपाली काँग्रेस जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ, नेपाली काँग्रेस पार्टी जिल्ला सचिव खिलध्वज पन्थी, राप्रपा नेता भरतबहादुर चन्द, रुद्रमणि शर्मा, महेन्द्रप्रसाद भण्डारी, कृष्ण नेपाली, महेन्द्र कँुवर, शुसीला भुसाल, पेमनाथ अर्याल, शिव के.सी. पूर्ण के.सी., पार्वती कुँवर, अजय झाँक्री, रेसुङ्गा बहुमुखी क्याम्पस नेविसंघ नेता धर्म पाण्डे, सुर्य खनाल, अर्जुन पोखरेल र विक्रम पन्थी लगायतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।
त्यहाँका जनतालाई कम्युनिष्टहरुले विभिन्न खालका भ्रम छरेको र काम आफुले नगर्ने अरुले गरेको कामलाई मैले गरेको भन्दै भाषण गर्दै हिड्ने अनि मतदाताहरुलाई ज्यादै पैसामा किन्ने भएकाले त्यस्तो नगर्न आग्रह गरेका छन् ।
कार्यक्रममा नेता तथा कार्यकर्ताले भने ः यो बामगठबन्धन जनताले चाहेर पनि भएको हैन यो जनताले रुचाएका पनि छैनन् ।
उम्मेदवार तथा नेता कार्यकर्ताले भने ः जनता अहिले नेपाली काँग्रेस र लोकतान्त्रीक शक्तीको पक्षमा रहेको बताएका छन् ।
जनता आफु स्वतन्त्र भई बाँच्न चाहान्छन र लोकतन्त्रलाई बचाईराख्न चाहन्छन् । त्यसकारण अहिले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउँछन भन्ने विश्वास व्यक्त गरेका छन् ।
उम्मेदवार, नेता कार्यकर्ताले यो निर्वाचनको लडाई वास्तविक लोकतन्त्रबादी र अधिनायकवादी विचको लडाई भएको बताएका छन् ।
कार्यक्रममा उनीहरुले अहिले लोकतान्त्रीक गठबन्धनले मात्र जनताको अधिकारको संरक्षण गर्ने, जनता र मुलुकलाई अधिनायकबादीहरुको पन्जाबाट फुस्काउनका लागि जसरि पनि चुनाबमा नेपाली काँग्रेसले जित्नु पर्ने बताएका छन् ।
कार्यक्रममा उम्मेदवार समक्ष त्यहाँका जनताले राखेका मागहरु यथास्किय सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।