इनरुवा । नेपाली कांग्रेसका नेता तथा उप्रधानमन्त्री एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले प्रतिपक्षि एमालेका उम्मेदवारहरु निर्वाचनमा पराजित हुने अवस्थामा पुगेर मतदातालाई भ्रमित पार्न अनर्गल प्रचारमा लागेको बताएका छन् । बिहिबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री गच्छदारले सो कुरा बताएका हुन् ।
नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार गच्छदारले कम्युनिष्ट गठबन्धनकी उम्मेदवारलाई लक्षित गर्दै आफू पराजित हुने क्षेत्रमा धेरै समय बर्बाद गर्नुको अर्थ नभएको बताए । मन्त्री गच्छदारले चुनाव हार्ने त्रासका कारण विपक्षीले झुठा हल्ला फैलाएको आरोप पनि लगाए
मन्त्री गच्छदारले चुनाव लडने सबैको अधिकार भएको बताउदै चुनावमा विजय भने एकजनाको हुने भएकोले आफूले कम्युनिष्ट गठबन्धनको समय,जनशक्ति र फजुल खर्च बचोस भनेर सुझाव दिएको बताए ।