arrow

माओवादीको 'चलखेल' रोक्न बुढीगण्डकी ठेक्का रद्द गरेको काँग्रेसको जिकिर

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
balkrishna_khad.JPG

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक बालकृष्ण खाँणले बुढी गण्डकी आयोजनाको ठेक्का मात्र रद्द गरिएको आयोजना यथावत रहेको बताएका छन्। नेपाली काँग्रेस निर्वाचन प्रचारप्रसार समिति अन्तरगतको केन्द्रीय मिडिया सेन्टरद्धारा बिहिबार अपरान्ह पार्टी कार्यालय सानेपामा आयोजित विशेष पत्रकार भेटघाट कार्यक्रममा संयोजक खाँणले सो कुरा बताएका हुन् ।
 
उनले पूवर्वर्ति  प्रचण्ड नेतृत्वको सरकारको पालामा प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि सोही पार्टीका विभागीय ऊर्जामन्त्रीमार्फत ठाडो प्रस्ताव ल्याएर हतारमा गरिएको सो निर्णयका बारेमा संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले समझदारी खारेज गर्ने निर्देशन दिएकोले वर्तमान सरकारले त्यसको पालना गरेको दावी गरे ।
 
संसदीय समितिको निर्देशन पछि सरकारले यस सम्बन्धी आवश्यक अध्ययन, छलफल र कागजातको छानवीन समेत गरेर सो निर्णय लिएको पनि बताए ।“अर्बौको प्रोजेक्ट प्रक्रिया मिचेर दिइएको रहेछ” काँग्रेस नेता खाँणले भने,“ प्रतिस्पर्धा गर्दा लागत कम हुन सक्ने अवस्था पनि आउछ ।” काँग्रेसको निर्वाचन परिचालन समितिका संयोजक  समेत रहेका नेता खाँणले सरकारले निर्णय गर्ने वित्तिकै विपक्षी गठबन्धनका नेताहरुले हतारहतार पत्रकार सम्मेलन गर्नुले पनि यसमा अवाञ्छनीय खेल भएको हाम्रो आशंकालाई पुष्टि गरेको छ ।
 
नेता खाँणले नेपाली काँग्रेस समृद्धिको अभियानमा लागेको र जलस्रोत लगायत अन्य पूर्वाधार विकास गर्दा जग्गा अधिकरण र मुआब्जा वितरणमा पीडितहरुको मागलाई ध्यान दिन  आग्रह गरेको पनि बताए। उनले आयोजना शुरु भएपछि वरपरका जग्गाको भाउ बढ्ने र सरकारले तोकिदिएको मुआब्जाले त्यसै अगलबगलका आधा जमीन पनि नआउने अवस्था धेरै ठाउँमा देखिएको बताए । यस बाहेक मुआब्जा बुझ्नेसँगै सरकारले लाभकर लिनु न्यायसंगत नभएको उल्लेख गर्दै प्रक्रिया मिलाएर सोको मिन्हा गर्न पनि सरकारसँग अनुरोध गरे।

काँग्रेसको अवस्था सुदृढ
 
काँग्रेस केन्द्रीय सदस्य खाँणले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली काँग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको उल्लेख गरे । उनले राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सामाजिक न्यायको एजेण्डा एकसाथ बोकेर हिड्ने नेपाली काँग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने पनि बताए । 

काँग्रेस नेता खाँणले आगामी १० बर्षमा देशलाई समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम काँग्रेससँग मात्र भएको पनि उल्लेख गरे । नेता खाँणले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको सान्दर्भिकताका  बारेमा दिएको तुच्छवाणि प्रति अपशोच व्यक्त गर्दै लोकतन्त्रमा विश्वास गर्ने, आर्थिक उदारवाद  र न्यायपूर्ण समतामूलक समाज निर्माणको लक्ष्य  लिएको पार्टीको सान्दभिकता सधै रहिरहने दावी पनि गरे । उनले भने,“ काँग्रेसका सिद्धान्त कालजेयी छन” ।
 
काँग्रेस नेता खाँणले पार्टी,पार्टीका केन्द्रीय एवम् जिल्लास्तरका नेताहरु नै उद्योग र व्यापारमा संलग्न रहेका बामपन्थी दलहरुले चुनाव जितेमा पार्टी र सम्बन्धित कार्यकर्ताहरुको मात्र हित सोचे भने स्वतन्त्र उद्योगी र व्यवसायीको व्यवसाय चौपट्ट पर्ने भय उत्पन्न भएको पनि बताए ।विगतमा एमालेबाट संविधानसभामा प्रतिनिधित्व गरिसकेका प्रसिद्ध उद्योगी विनोद चौधरी पार्टी र कार्यकर्तामुखी आर्थिक नीतिले मुलुकको आर्थिक विकास नहुने निष्कर्षमा पुगेर नेपाली कांग्रेस प्रवेश गरेको कुरा पनि स्मरण गराएका छन् ।
 
नेता खाँणले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वबाट थालेको प्रचार अभियान पश्चिम पुगीसकेको र नेपाली काँग्रेसले सबै प्रदेशमा मिडिया सेन्टर स्थापना गरेको बताउदै यसले निर्वाचनमा नयाँ उत्साह र रौनक ल्याएको उल्लेख गरे। उनले भने,“ हाम्रो अवस्था दिनदिनै अझ मजबूत बन्दै गएको छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ