arrow

कपिलवस्तुका वागी उमेद्वार अर्याललाई १० बर्षका लागि निकाल्यो काँग्रेसले,  भित्र्यायो ५ सय हाराहारीमा

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
kapilvastu-party-pravesh.jpg

कपिलवस्तु । प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका आधिकारीक उमेद्धार विरुद्ध स्वतन्त्र उमेद्धार दिएका काँग्रेस कार्यकर्ता राजु प्रसाद अर्याल कार्वाहीमा परेका छन् ।  

प्रतिनिधी सभा २ को प्रदेशसभा २ वाट प्रदेशसभाका आधिकारीक उमेद्धार सुधाकर पाण्डेय विरुद्ध स्वतन्त्र उमेद्धार दिएका राजु प्रसाद अर्याललाई कारवाही गरिएको  नेपाली काँग्रेस कपिलवस्तुले जनाएको छ ।

तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति अब्दुल कलाम खांले सो जानकारी दिएका हुन् । 

नेपाली काँग्रेसको विधान २०१७ आवश्यक (आवश्यक संसोधन र परिमार्जन सहित)को परिच्छेद ६ को विविधको धारा ४९ को ११ ख अनुसार १० बर्ष सम्मको लागी अनुशासन कारवाही गरिएको खां ले जानकारी दिए । 

त्यस्तै नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका केन्द्रिय सदस्य अतहर कमालले पार्टी विरुद्ध जो जुकै नेता तथा कार्यकर्ता प्रचारमा लागेको भेटाएका तत्काल अनुशासन समितिबाट कारवाही गरिने बताए । 

साथै जिल्लामा निर्वाचन परिचालन समितिलाई पुर्णता दिई विषयगत समिति वनाई जिल्लाभर निर्वाचन परिचालन गरि काँगेसको पक्षमा जनलहर ल्याई काँग्रेसका उमेद्धारलाई विजयी बनाउन लाग्ने समेत कमालले बताए । 

यसै विच क्षेत्रिय समितिले राजु अर्यालको सर्मथक दिनेश हमाल भनि गलत प्रचार गरेकोमा हमालले आपत्ती जनाएका छन् । 

क्षेत्रीय समितिले विना आधार सर्मथक भनि निर्णय गरेको भनि प्रचारबाजी गरेकोमा उनले आपत्ती जनाएका छन् । 

उता क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेयले अर्यालको सर्मथक हमाल भन्ने सुन्नमा आएकोमा त्यस्तो निर्णय गरेको र पछि त्यो आधिकारीक नभएको जनाए । 

साथै दिनेश हमालले पार्टीबाट राजिनामा दिएको हुँदा हमाललाई कारवाहीको सिफारिस नगरिएको जानकारी दिए ।  

काँग्रेसमा पार्टी प्रवेश गर्नेको सख्या वढ्दै 
निर्वाचन नजिकिदै जाँदा नेपाली काँग्रेसमा विभिन्न पार्टी प्रवेश गर्ने बढ्दै गएको नेपाली काँग्रेस कपिलवस्तुले जनाएको छ । बुद्धभुमी ६ महुवाबाट विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

यसरी प्रवेश गर्नेमा राजपाका युवा नेताहरु राकेश धोवी, अर्जुज नाउं लागाय १४५ जना रहेका छन् । इकाइ सभापति रामकेवल पासीको अध्यक्षता र रजत आर्चायको आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । 

उता बुद्ध भुमी १ को महेन्द्रकोट वाट पनि ३ जना विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै कपिलवस्तु नगरपालिका १२ सौराहा वाट ३ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पार्टी सभापति सुरेन्द्रराज आर्चाय र पुर्व पार्टी सभापति सुधकार पाण्डेयले स्वागत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ