arrow

रोल्पामा सिंचाई राज्यमन्त्रीलाई निशाना बनाएर बम प्रहार 

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
Amarsingh-Pun1.jpg

काठमाडौं । रोल्पामा सिंचाई राज्यमन्त्री अमरसिंह पुन चढेको गाडीलाई लक्षित गरी बम प्रहर भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार अमर सिंह पुन चढेको गाडीमाथि बम प्रहार स्वर्णवती गाउँपालिका १ मा उनी माथि लक्षिग गरी बम प्रहार गरिएको हो ।

यद्यपी उनी र उनको गाडीमा कुनै क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएरपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए । मन्त्री पुन चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम थियो । बम कसले फाल्यो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

पुन प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ