निर्वाचित वडा सदस्यहरु माओवादी छाडेर काँग्रेसमा प्रवेश
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
228
Shares
बर्दिया । नेकपा एमालेसंग वाम गठबन्धन गरेपछि रुष्ट भएका नेकपा माओवादी केन्द्रका नेताहरु धमाधम माओवादी छोड्ने क्रम जारी छ ।
स्थानीय तहको निर्वाचनमा कम सिट ल्याउँदा पनि पार्टीको साख जोगाउनेहरुलाई बेवास्ता गरेपछि बर्दियामा पनि माओवादीलाई झट्का लागेको छ ।
बर्दियामा निर्वाचित दुई वडा सदस्यहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
मुक्त कमैया समाजका केन्द्रिय अध्यक्षय तथा माओवादी पार्टीबाट बर्दिया नगरपालिका वडा न १ का निर्वाचित वडा सदस्य बिन्तीराम थारु र गुलरिया नगरपालिका वडा न ७ का निर्वाचित वडा सदस्य मो शाहिद नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।