arrow

निर्वाचित वडा सदस्यहरु माओवादी छाडेर काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
congress-entry2.jpg

बर्दिया । नेकपा एमालेसंग वाम गठबन्धन गरेपछि रुष्ट भएका नेकपा माओवादी केन्द्रका नेताहरु धमाधम माओवादी छोड्ने क्रम जारी छ । 

स्थानीय तहको निर्वाचनमा कम सिट ल्याउँदा पनि पार्टीको साख जोगाउनेहरुलाई बेवास्ता गरेपछि बर्दियामा पनि माओवादीलाई झट्का लागेको छ । 

बर्दियामा निर्वाचित दुई वडा सदस्यहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । 

मुक्त कमैया समाजका केन्द्रिय अध्यक्षय  तथा माओवादी पार्टीबाट बर्दिया नगरपालिका वडा न १ का निर्वाचित वडा सदस्य बिन्तीराम थारु र गुलरिया नगरपालिका  वडा न ७ का निर्वाचित वडा सदस्य मो शाहिद नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ