arrow

पूर्णबहादुर खड्काको मतदातालाई यस्तो आग्रह

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
Purna_bahadur_.jpg

सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यका लागि सुर्खेतको क्षेत्र नं १ का उम्मेदवार पूर्णबहादुर खड्काले काँग्रेस संविधान लिएर जनताको घरदैलोमा आएको बताएका छन् । 
 
बुधबार अवलचिङ र मटेलामा भएको छुट्टाछुट्टै कार्यक्रमलार्इ सम्बोधन गर्दै खड्काले अबको निर्वाचनमा काँग्रेसको नेतृत्व भए विकास निर्माणका कामलार्इ निरन्तरता दिने बताए ।
 
२०६४ अघि र २०७० पछि नेपाली काँग्रेसको नेतृत्वमा सुर्खेतको पूर्वी क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाइ मूल्याङ्कन गर्दै विकास निर्माणको निरन्तरताका लागि पनि काँग्रेसलार्इ विजयी गराउन उनले मतदातासंग अपील गरे ।
 
उनले जनमतको कदर गर्दै नेपाली कांग्रेसले २०७२ मा संविधान दिएको र  अबको एजेण्डा विकास निर्माण भएकोले त्यसलाई पूरा गर्न नेपाली कांग्रेसलाई मत दिन पनि आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ